सुर्खेत आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु १६ घाइते

समाचार

काठमाडौं । कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दैलेख प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् ।

बिहीबार (आज) कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार कालिकोको साविक भर्ती गाविस वडा नम्बर ९ का अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विकको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइते भएकाहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप जानकारी आउँन सकेको छैनकाठमाडौं । कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दैलेख प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् ।

बिहीबार (आज) कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार कालिकोको साविक भर्ती गाविस वडा नम्बर ९ का अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विकको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइते भएकाहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप जानकारी आउँन सकेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *