अनिता खड्का र बिनोदको बाबा पहिलोपटक मिडियामा,परिवारकै अस्पतालमा चल्यो रुवाबासी,सम्झाउने कोहि भएन ( भिडियो )

मनोरञ्जन

भिडियो समाचारको अन्त्यमा छ कृपया पुरा हेरिदिनुहोला //०७२ सालमा अनिता र विनोद वैवाहिक सम्बन्धमा गाँसिएका थिए । घर गुल्मी भए पनि विनोद अनितासँगै भैरहवामा बस्न थाले । बिहेको दुई वर्षपछि छोरी आहनाको आगमनले उनीहरुको जिन्दगीमा खुशी थपिदिएको थियो ।जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गडबड हुन थाल्यो।

बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योजनामा पानी पोखियो। जेठ २९ गते । सदाजस्तै विनोद खड्का काममा व्यस्त थिए । बेलुका ५ बज्नै लाग्दा पत्नी अनिताले खप्नै नसक्नेगरी टाउको दुखेको भन्दै विनोदलाई फोन गरिन् । अनिताको आत्तिएको आवाज सुन्नासाथ विनोद हतारहतार कामबाट घर फर्के । घर फर्कंदा अनिता छटपटाइरहेकी थिइन् । विनोदले भैरहवाको युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा पुर्याए ।

चिकित्सकले ब्रेन ह्यामरेज भएको बताए । तत्कालै अनिताको सोही अस्पतालमा अप्रेसन गरियो । अप्रेसनपछि अनितालाई ४ महिना अस्पतालमै राख्नुपर्ने भयो । ४ महिना राखियो पनि तर त्यसपछि पनि अनितालाई पूर्णरुपमा निको भएन । लामो समय भ्यान्टिलेटरमा राख्दा श्वासप्रश्वास नलीमा समस्या देखियो । अनिता दुब्लाउँदै जान थालिन् । असामान्य रुपमा तौल घट्दै ४५ किलोकी अनिताको तौज २५ किलोमा झर्यो ।४ महिनाको अस्पताल बसाइमा विनोदले आफूले जीवनभर कमाएको १८ लाख खर्च गरिसकेका थिए ।

तरपनि अनितालाई सञ्चो हुन कुनै लक्षण देखिएन । त्यत्रो खर्च गर्दा पनि युनिभर्सल मेडिकल कलेजले उपचार सम्भव नहुने बताएपछि उनीहरुलाई अर्को आपत आइलाग्यो ।आफन्त र चिनजानका मानिसले पनि निरासा जगाइदिने काममात्रै गरे । ‘अनितालाई अब निको हुँदैन, थप प्रयास नगर’ भन्नेहरु धेरै थिए । अनिताको अवस्था झन् बिग्रँदै गयो । उनी अचेतजस्तै बनिन् ।अन्ततः विनोदले पनि आफन्तको सल्लाहअनुसार अनितालाई बचाउन सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे ।अनिताको दुखाइ बढ्दै गयो ।

निको नभएपनि बाँचुञ्जेल पीडा नहोस् भनेर विनोदले काठमाडौं ल्याए । अनिता झन् झन् कमजोर बन्दै गइरहेकी थिइन्, हातखुट्टा चल्न छोडेका थिए ।अनितालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो । अस्पतालको उपचारले अनिताको स्वास्थ्यमा सुधार आउने केही आशा जगाइदिएको थियो । केही समयको उपचारपपछि अनितालाई थेरापीको आवश्यकता पर्यो । उनीहरु काठमाडौं नेचुरोपेथी अस्पताल वसुन्धारा पुगे ।त्यहाँ पनि पनि विनोद र अनिताले ४ महिना बिताइसकेका छन् ।

श्वासनलीमा समस्या देखिएपछि विनोदले घाँटीको अप्रेसनको लागि त्रिवि टिचिङ अस्पतालमा लगेका थिए । अप्रेसन सफल भएपछि पुनः नेचुरोपेथी अस्पतालमा फर्कनुपर्ने हुन्छ ।अनिताको टाउकोको दिमाग छोप्ने खप्पर अझै भैरहवा अस्पतालमै छ । उनलाई निको भएपछि त्यो राख्न मिल्ने चिकित्सकले बताएका छन् ।लामो समयको उपचारपछि अहिले पत्नीको स्वास्थ्यमा आएको परिवर्तन देखेर विनोदको अनुहारमा खुशी देखिन थालेको छ ।

अनिताले पनि हातखुट्टा चलाउन थालेकी छन् भने भेट्न आउने मान्छेहरुसँग मुसुक्क हाँस्छिन् । अडेस लगाइदिँदा २–४ मिनेट बस्न थालेकी छन् ।छोरी आहना विनोदकी दिदीसँग काठमाडौंमै बस्छिन् । भर्खर स्कुल जान थालेकी छन् । बिदाको समयमा आमालाई भेट्न अस्पताल पुग्छिन् । विनोदले पनि अनिताको काखमा छोरीलाई सुताइदिन्छन् अनि अनिता मुसुक्क मुस्कुराउँछिन् ।

अनिताको उपचारमा २५ लाखभन्दा धेरै खर्च भइसकेको छ । अहिलेसम्म कमाएको पैसा पत्नीकै उपचारमा सकिएको छ । तरपनि विनोदलाई कुनै लोभ छैन, अनितालाई निको बनाउनमा मात्रै उनले ध्यान दिएका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उनले सहयोगको लागि अपिल पनि गरेका छन् । विनोद भक्कानिँदै भन्छन्, ‘भएको पैसा सबै सकियो, बल्ल बल्ल बाँच्ने आशा जागेको थियो तर पैसा नहुँदा त्यही आशा पनि निराशामा बदलिएको छ ।’ उपचारको लागि अझै कति पैसा र समय लाग्छ, विनोदलाई थाहा छैन ।

नौ महिनादेखि निरन्तर अनिताको सेवामा छन् विनोद । सानो बच्चालाई जस्तै माया गरिरहन्छन् । अनितापनि विनोदले गरेको माया देखेर मुहारमा हेर्दै मुस्कुराउँछिन् । विनोदले अनितालाई आफैंले डाइपर फेरिदिन्छन्, नुहाइदिन्छन्, खुवाउँछन् । देख्नेहरु भन्छन्, ‘पतिको गरिबीमा पत्नी चिनिन्छन्, पत्नी बिरामी पर्दा पति चिनिन्छन् । पति हुनु त यस्तो पो !’

अहिले पछिल्लो समय अनितालाइ भेट्न आउनेको लर्को नै लागेको छ । साथै अनितालाइ सहयोग गर्नेहरुको पनि उति नै भीड रहेको छ । त्यस्तै अहिले पछिल्लो समय अनितालाइ भेट्न अहिलेका चर्चीत मुस्लिम गायक अलिफ खान पनि पुगेका छन । त्यस्तै अनिताकी अर्की आमाजु पनि सँगै देखिएकि छिन । अब प्रस्तुत छ सोही भिडीयो सामाग्रीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *