लगातार घटिरहेको सुनको मूल्य, आज पनि ह्वात्तै घट्यो ;

समाचार

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
समग्रमा भने यो हप्ता सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार तोलामा ८६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमवार एक सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको थियो भने मंगलवार भाउ घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको थियो । तर, बुधवार फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ रुपैयाँ कायम भएको थियो ।
हिजो बिहीवार भाउ फेरि बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *