महाकुम्भ मानिने ऐतिहासिक १५ दिने धार्मिक परिक्रमा आजदेखि शुरु ।

राष्टिय

जनकपुरधाम । मिथिला विहारी वीहार्नी महाकुम्भ मानिने ऐतिहासिक १५ दिने धार्मिक माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु हुनु भएको छ ।

 

फागुन कृष्णपक्षको औंसीमा धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मठबाट भगवान मिथिला विहारी विहार्नी डोला सहित परिक्रमा सुरुभयो हो।

 

आज ( शनिबार ) राति धनुषाको हुनमानगढीमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु भोली आईतबार बिहान पूजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।

 

फागुन औंसीका दिन धनुषाको कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमानगढी पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *