नेपालमा अहिलेसम्मकै नौलो घटना : झण्डै पाँच अर्बबढीको यु’रेनि’यमसहित ४ जना पक्राउ

समाचार

नेपालमा अहिलेसम्मकै नौलो आ पराधिक घटना घटेको छ। साढे २ किलो यु’रे’नि’य’मसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन्। बजार मूल्यअनुसार बरामद गरिएको युरेनियम ५ अर्व रूपैयाँभन्दा बढीको हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै, नेपालमा यु’रेनि’यम बरामद भएको यो पहिलो घटना भएको एआईजी हरिबहादुर पालले जनाएका छन् । पक्राउ परेका उनीहरुलाई क डा कारबाही हुने पालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *