फेरि घट्यो सुनको मूल्य !

आर्थिक

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार भने पुनः घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० थियो । यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ।

याे पनि पढ्नुहाेस्।

सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’ मार्फत मात्रै कारोवार गर्ने ब्यवस्थाको तयारीमा लागेको हो।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गा किनबेचका लागि भूमि बजार (ल्यान्ड मार्केट) स्थापना गरी आधिकारिक निकाय तोकिने जानकारी दिए। यो प्रक्रिया कार्यान्वयनमा आइसकेपछि जग्गा किन्ने, बिक्री गर्ने मान्यता प्राप्त निकायबाहेक व्यक्तिले व्यक्तिलाई जग्गा बिक्री गर्न पाउने छैनन्।

‘यस्तो व्यवस्था कार्यान्वयन भए घरजग्गा किनबेच हुँदा हुने अनियमितता रोकिनेछ’, उनले भने। भूमि बजार कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषय टुंगो लागेको छैन। ‘मन्त्रालयअन्तर्गत रहने या छुट्टै निकाय रहने वा त्यसको जिम्मा निजी क्षेत्रलाई दिने भन्नेमा अध्ययन भइरहेको छ’, उनले भने।

अहिले घरजग्गा व्यवसायीले खरिदकर्ता तथा बिक्रीकर्ता दुवैबाट चर्को मूल्य असुलिरहेका छन्। उनीहरूले जग्गाको मूल्यअनुसार सरकारलाई समेत राजस्व तिर्दैनन्। अब सरकारी मान्यता प्राप्त निकायबाट जग्गाको कारोबार गर्दा हुने ठगी रोकिनेछ।

मन्त्रालयले अनलाइनबाटै जग्गा खरिदबिक्री गर्ने व्यवस्था गर्न लागेको छ। बिक्री गर्नुपर्ने जग्गाको विस्तृत विवरण वेभसाइटमा राखिन्छ। खरिदकर्ताले मन परेमा उक्त अनलाइनमार्फत नै खरिद गर्न सक्छ। यसरी खरिदबिक्री गर्दा देशभरको जग्गा कारोबारको तथ्यांक राख्न सजिलो हुनेछ।

पछिल्लो समयमा घरजग्गा व्यवसायी संगठित भएर कम्पनीमार्फत कारोबार गर्न थालेका छन्। कम्पनीमार्फत कारोबार गर्दा कारोबारको संख्या कम देखिए पनि सरकारलाई राजस्व बढी प्राप्त हुन्छ।

‘कम्पनीले राज्यलाई राजस्व पनि तिर्ने भएकाले निकाय खडा हुँदा राम्रो हुन्छ’, उनले भने। अनलाइनमार्फत कारोबार गर्ने व्यवस्था गरे किन्ने, बिक्री गर्ने र मध्यस्थ गर्ने सबैलाई सहज हुने व्यवसायीको भनाइ छ। अन्नपुर्ण पोष्टमा तुलसी सुवेदीले समाचार लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *