तीर्थयात्रु बोकेको बस भीरबाट खस्दा २७ जनाको मृ’त्यु

समाचार

काठमाडौं। इन्डोनेसियाको जाभा आइल्यान्डमा पर्यटकले भरिएको बस भीरबाट खस्दा २७ जना तीर्थयात्रीको मृ’त्यु भएको छ । घटनामा अन्य ३९ जना घाइते भएका छन् । मर्नेहरूमा बस चालक पनि छन्।

यी सबै तीर्थयात्रीहरू एक इस्लामिक स्कुलका विद्यार्थीहरु र उनीहरुका अभिभावकहरु भएको बताइएको छ। समाचार एजेन्सी एपीका अनुसार सबै घाइते र मृ’तकहरुलाई नजिकैको अस्पताल लगिएको छ । स्थानीय प्रहरी अधिकारी प्रसेत्यो रिब्बियान्तोले बताएअनुसार बुधबार बस पश्चिम जाभाको सुबाङ शहरबाट तसांकमली जिल्लाको तीर्थस्थलसम्म इस्लामी जूनियर उच्च माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरू लिएर जाँदै गर्दा दु’र्घटना भएको थियो।

सुमेदाङ गाउँको सडकमा ढलानहरु भएका कारण चालकले स्टेरिङमाथि नियन्त्रण गुमाएपछि बस २० मिटर गहिरो खाडलमा खसेको थियो । प्रहरी अधिकारी रिब्बियान्तोका अनुसार प्रहरीले घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । घाइते यात्रुहरूले गाडीको ब्रेक फेल भएको बताएका छन् । उद्धार एजेन्सी प्रमुख रिदवान साहले घाइतेहरूलाई अस्पताल र नजिकैको क्लिनिकमा भर्ना गरिएको बताए। तीमध्ये १३ जना गम्भीर अवस्थामा छन् ।

रिदवान साहका अनुसार सडक सुरक्षा व्यवस्था र जीर्ण पूर्वाधारका कारण इन्डोनेसियामा प्रायः यस्ता घटना हुने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *