एमालेमै फर्किनुपरेपछि रामकुमारी झाँक्री भइन् भावुक, दिईन् यस्तो प्रतिकृया !

राजनीति

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो ।

सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) हुँदा प्रचण्ड–नेपाल पक्षमा लागेकी नेतृ रामकुमारी झाँक्री फेरि पुरानै पार्टी एमालेमा फर्किनुपरेपछि भावुक भएकी छन्।

नेकपा खारेज नहुँदासम्म प्रायः कडा कुरा गर्ने नेतृ झाँक्रीले एमाले ब्युँतिएको तीन दिनपछि भावुक ट्विट गरेकी हुन्।

‘प्रिय साथीहरू, शीतको थोपा बनी मुस्कुराइरहनेछु। मार्क्सवादीहरूले सुदूरपारिको क्षितिजमा पनि सम्भावना देखिरहेका हुन्छन्,’ बुधबार साँझ नेतृ झाँक्रीले ट्विटरमा लेखेकी छन्, ‘क्रान्तिकारीहरूले बा’रुदको धुवाँ र बादलभित्र पनि भविष्य देख्न सक्नुपर्छ।’

नेकपामा हुँदा झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली एवं राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध निकै कडा अभिव्यक्ति दिइरहेकी थिइन्। अहिले उनै ओलीको नेतृत्वको पार्टीमा सामेल हुनुपरेपछि उनी भावुक बनेकी हुन सक्छिन्।

झाक्रीलाई सामाजिक संजालमा साधरण सदस्य समेत नहुने गरि कारवाहीको माग उठेपछि अहिले सामाजिक संजालमा झाक्रीका समाचार भाइरल भैरहेका छन् ।

केहि दिन पहिले प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल नेपाल समूहले काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ठूलो त्यागबाट प्राप्त संविधान च्यातचुत फाल्ने प्रणालीविरुद्ध बोल्न नछोड्ने बताएकी हुन् ।

‘संविधान च्याचचुत फाल्ने प्रणालीविरुद्ध बोल्छौँ । हामी बोल्न जन्मेका हौँ,’ उनले भनिन्, ‘खड्क प्रसाद ओली कागजी बादशाह हुन् । ढलिसके अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाहले आफ्नो कदलाई घटाउँदै जान्छन् । कागजका अग्लाअग्ला बुख्याँचाहरु बनाउँछन् केपी ओली त्यसै गर्दैछन् ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै आफूमाथि प्रश्न उठाइएको भन्दै त्यसको खण्डन पनि गरिन् । ‘सम्मान्नीय राष्टपति यो संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शीरमाथीको संस्था हो म त्यो संस्थाविरुद्ध बोलेको छैन,’ उनले भनिन्, ‘खलपात्रको विरुद्ध बोल्न पाइन्छ कस्ले भन्यो बोल्न पाइँदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *