शिवरात्रीको दिन काठमाण्डुबासीहरुका लागी आयो यस्तो खबर,अनिवार्य पढ्नुहोला नत्र पछुताउनुपर्ला।

समाचार

शिवरात्रीको दिन काठमाण्डुबासीहरुका लागी आयो यस्तो खबर,अनिवार्य पढ्नुहोला नत्र पछुताउनुपर्ला काठमाडौँ । बिहीबार शिवरात्रि पर्व । आराध्यदेव पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौँ आउँछन्।भक्तजनहरु काठमाडौँ ओइरिँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्छ। त्यसैले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ।तपाईं बिहीबार काम विशेषले घर बाहिर निस्किँदै हुनुहुन्छ भने वा पशुपतिनाथ दर्शनका लागि जाँदै हुनुहुन्छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्धारण गरेको सवारी रुट, पार्किङ क्षेत्रलगायतका विषयमा पनि जानकारी लिन जरुरी छ।

शिवरात्रिको दिन चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय महाशाखाले गरेको छ। यद्यपि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको छ।चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने छ।

यसैगरी द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *