सुनको मूल्य बढ्यो ?

आर्थिक

हिजो फाल्गुन महिनाकै सस्तोमा कारोबार भएको सुनको मूल्य आज भने केही मात्रामा बढेको छ ।

मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैँयाले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको लागि छापावाल सुनको मूल्य तोलाको ८६ हजार २ सय र तेजावी सुनको मूल्य ८५ हजार ७५० निर्धारण भएको छ ।

मंगलबार यो मूल्य ८५ हजार ६ सय र तेजावी सुनको मूल्य ८५ हजार १५० मा कारोबार भएको थियो । जुन मूल्य फाल्गुन महिनाकै सस्तो मूल्य हो ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १२७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *