प्रेम विबाह गरेका यि पाइलट पति पत्निले आकाशमा नै बिताउँछन् लामो समय (भिडीयो)

मनोरञ्जन

एजेन्सी । भारतकी चर्चित पाइलट हुन् ऋतु राठी । हरियानाकी निन्दाना गाउँकी ऋतुका १ भाइ छन् भने अरु ४ बहिनीहरु छन् । ऋतुको पढाई देखेर उनका बाबु आमाले ऋतुलाई पढाउने निर्णय गरे ।

अन्तत ऋतुले अमेरिकामा पाइलटको तालिम लिने मौका पाइन् र उनले अमेरिकाबाट तालिम सकेर भारतमा आइन् र ठूलो संघर्ष गरेर पढाई सके पनि उनी लामो समय बेरोजगार जस्तै बनिन् ।उनको यो संघर्षको कथा प्रेरणा होस् भनेर ओएस नेपालले रोचक कथाका रुपमा यो सामाग्री तयार पारेको हो ।

उनले पढाई र कामसँगसँगै लगिन् र अन्तत उनले विभिन्न एयरलायन्स कम्पनीमा काम गरे पनि तलव सन्तुष्ट थिएन । अन्तत उनले सैयौँ प्रतिस्पर्धीकाबिचमा इन्डियो एयरमा पाइलटका रुपमा जागीर पाइन् ।ठूलो संघर्षकाबिचमा ऋतुले महिनामा लाखौँ रुपैयाँ पारिश्रमिक लिने विमान चालकका रुपमा परिचय बनाएसँगै उनले विबाह पनि पाइलट गौरव तनेजासँग गरिन् ।

हाल यो जोडीकी एक छोरी शिवांगी रहेकी छिन् । यो चर्चित जोडीले लामो समयको प्रेम रोमान्सका बाबजुद विबाह गरेको हो ।हेर्नुहोस् उनीहरुको यो रमाइलो कथा भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *