एकै छिनमा सकियो बडुवालको परिवार, ५ जना एकै पटक अस्ताए

समाचार

दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका पाँचले कर्णाली नदीमा नै अस्ताएका छन् । यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उहाँका तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा फालहानेर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बेपत्ता भएकामध्ये दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालकोे हा त बाँ धेको अवस्थामा २४ गते सोमबार साँझ कर्णाली नदीमा शव फेला परेको थियो भने आमा सुखी बडुवाल र ८ वर्षीय छोरा ललित बडुवालको शव आज दिउँसो नदीमा फेला परेको छ ।

पाँच वर्षीया रजनी बडुवालको खोजी तीव्र पारिएपछि ४ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिनुभएको छ । सनाखत भएका चारको शव परीक्षणका लागि अछामको मङ्गलसेनतर्फ लगिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ । घरमूली मानसिंह बडुवालले श्रीमतीसहित सबै परिवारलाई लगातार त नाव दिएपछि २३ गते साँझनै चार केटाकेटीसहित सुखी बडुवाल घरबाट निस्किएको स्थानीयले बताएका छन् ।

गरिब परिवार भएकाले एउटा समस्या थियो तर म-दिरा सेवन सँगै लगातार घरमूलीले तनाव दिएपछि उनीहरु नदीमा हेलुनु पर्ने अवस्था आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घरमूली मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर राकम कर्णाली प्रहरीचौकीमा अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *