कर्णाली नदिमा माछाको जा ल तान्दा जब २ शव आए, सबैको उड्यो होस, यी महिला चार छोराछोरी सहित हराइरहेकी थिइन्

समाचार

काठमाडौ । पश्चिम दैलेखको आठबीस नगरपालिकावाट ४ छोराछोरी लिएर घरवाट आमा हिडेकी थिइन् । ति मध्य कर्णाली नदीमा दुई छोरीको शव फेला परेको छ भने आमा सहित अझै ३ जना हराइरहेका छन् ।उनीहरु कर्णाली नदिमा कसरी पुगे भन्ने कुरा खुलेको छैन। प्रहरीका अनुसार माछा मा र्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै जा ल तान्दा शव भेटिएको हो ।

पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

मानसिंहको परिवारमा ६ जना सदस्य थिए। बडुवालकी श्रीमति, तीन जना छोरी र एक छोरा सोमबार दिउँसो नै घरबाट निस्किएको भन्ने बुझिएको ईलाका प्रहरी कार्यालय राकमका सहायक प्रहरी निरीक्षक गोविन्द ढकालले बताए। ‘बुवालाई हामीले ल्याएर यहाँ अफिसमै राखेका छौं, उहाँका एक छोरा र श्रीमती भेटिएका छैनन्,’ उनले भने।

बडुवालले बताए अनुसार घरायसी विवाद हुँदा श्रीमती छोराछोरी लिएर घरबाट निस्किएको ढकालले जानकारी दिए । डीएसपी श्रेष्ठले मानसिंहका हाल दुई छोरीको शव भेटएपनि एक छोरी, एक छोरा र श्रीमती फेला परेका छैनन् ।

स्थानीयका अनुसार मानसिंहकी श्रीमती सुकी माइत जान भन्दै घरबाट निस्किएकी थिइन् । स्थानीयले बताएअनुसार मानसिंहको परिवार चरम गरिबीमा रहेको र सोही कारण यो घटना हुन पुगेको बताइएको छ । असई ढकालका अनुसार मृ त भेटिएका दुई बालिकाका बुवा मानसिंहलाई प्रहरीले नि य न्त्र ण मा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *