आज एक्कासी घट्यो सुनको मूल्य , फाल्गुन महिनाकै सस्तो

आर्थिक

काठमाण्डाै – आज सुनको मूल्य यो महिनाकै सस्तो भएको छ ।सुनको भाउ आज ६ सय रुपैयाँले घटेको हो ।साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ फेरि ओरालो लागेको छ। यो साता दुई दिन उकालो लागेको सुनको भाउ आज तोलामा ६०० रुपैयाँले घटेको हो।

यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

गत आइतबार भने तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड ८६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार तोलामा १५ रुपैयाँले बढेको चाँदीको भाउ गत आइतबार भने स्थिर रहेको थियो।

नेपाल बैंकमा खुल्यो झण्डै २०० जनालाई जागिर, फारम भर्ने लिंक सहित
नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुलेको छ। बैंकले आज अनलाइन दरखास्त फारम भर्नेबारे सूचना प्रकाशन गरेको छ।

लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।

आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ। चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ।

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ।

यसको विस्तृत जानकारी बैंकले आजको गोरखापत्रमा सूचना निकालेर दिएको छ। स्थायी दरबन्दीका लागि बैंकले आवेदन खुला गरेको हो। दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ।

तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट बाट भर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *