४ सन्तानसहित आमा कर्णालीमा हा म फा लिन्, २ छोरीको शव भेटियो

समाचार

दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हा म फा लेका छन्। आमासहित ४ जना बालबालिकाले नदीमा हाम फालेका हुन् । तीमध्ये सोमबार दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना अझै वेपत्ता छन् ।

१६ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा भेटिएको छ । ३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल अझै बे पत्ता छन्।

प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव हिजो बेलुकी भेटिएको हो । दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको आठबिस नगरपालिकाका-३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हा मफा लेको आशंका गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आशंका गरिएको उनले बताए ।

घरायसी झ गडा का कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले श्रीमान मानसिंह बडुवाललाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिंह गएको मङ्सिर महिनामा मात्रै घर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *