सडक दुर्घटनामा परि भीमबहादुर रावल, श्रीमति भतिज र अन्य एक जनाको मृत्यु, छोरा प्रकास गम्भीर घाइते

समाचार

भारतबाट नेपाल फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलकाे परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको मृत्यु भएको हो।

मुत्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगराका भीमबहादुर रावल, श्रीमति बुद्धि रावल र भतिज टोपेन्द्र रावल रहेका छन् भने दुल्लु नगरपालिका–१३ कै तोलीपानीका तिलक घर्ती रहेका छन् । यस्तै दुर्घटनामा भीमबहादुरका छोरा प्रकाश रावल गम्भीर घाइते छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

भारतको मुम्बईमा रोजगारीका गएका रावल नेपाल फर्कदै थिए । उक्त दुर्घटनामा अन्य नेपालीहरु पनि रहेको र उनको पहिचान नखुलेको बताइएको छ । रुपैडियातर्फ आउँदै गरेको बस भारतको उत्तरप्रदेशको ग्रेटर नोयडामा दुर्घटना हुन पुगेको थियो ।

रोजगारीको शिलशिलामा भारत गएका उनीहरु बम्बईबाट आउने क्रममा उत्तर प्रदेशको नोयडा भन्ने ठाउँमा गाडी दुर्घटना हुँदा मृत्यु भएको हो। ‘उहाँहरु नेपाल फर्किन लाग्नुभएको रहेछ, गाडी दुर्घटनामा उहाँको परिवारको मृत्यु भएको भन्ने खबर मैंले फेसबुकबाट थाहा पाएको हुँ,’ वडा अध्यक्ष खड्काले भने, ‘हाललाई सनाखत भएका उहाँहरु नै भन्ने छ, विस्तृत जानकारी नै आएको छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *