फाल्गुन २२ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

रसिफल

ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ फाल्गुन २२ गते शनिबार । तदनुसार ६ मार्च २०२१ । श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

मेष– गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला ।

वृष– प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ, अन्न तथा धनको पनि लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ ।

मिथुन– समस्याहरु आफै किनारा लाग्ने छन धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ धन लाभ पनि हुने दिन छ, कूसैबाट समर्थन पनि पाइएला ।

कर्कट– यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय
छ, यात्राको पनि योग छ ।

सिंह– परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ सावधान रहनु होला । भगवान् श्री गणेशको दर्शन गर्नाले शान्ति होला ।

कन्या– आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनी मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होेला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ ।

तुला– लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको टाउबाट आम्दानी हुने दिन छ ।

वृश्चिक– आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन, पैसा भने अनायसै खर्च होला । कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ ।

धनु– गरेका कामहरु अधुरा रहने छन भने स्वास्थ्यले पनि साथ नदिन सक्छ, कोहिसंग सामान्य बादबिवाद पनि होला । झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला ।

मकर– कामहरु अधुरै रहनाले मनमा खिन्न होला, घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला ।

कुम्भ– रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला ।

मीन– सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ ।। साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला ।
# फाल्गुन २२ गते शनिबार

।ॐ। हरिशरणम्।

( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ । सत्यनारायण, दुर्गापुजा, लघुरुद्री, ग्रह शान्ति, ब्रतबन्ध, गृहवास्तु (घरपैंचो), लाखबत्ती, सप्ताह लगायतका शुभ कार्यका लागि चाहिने पुजा सामाग्री तथा ज्योतिष, वास्तु, कर्मकाण्डका सम्पुर्ण सेवाका लागि उहाँलाइ सम्पर्क गर्न सक्नुहुन्छ । मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *