नाक लामो भएकै कारण नराम्री झैँ लाग्ने यी युवतीले नाक राम्रो बनाउने भन्दै अस्पताल गइन् तर उल्टै दुबै खुट्टा गुमाएर आइन्

समाचार

एउटी महिला आफ्नो नाकलाई अलिक सानो बनाउन चाहन्थिन् । उनलाई नाकको कारण आफ्र नराम्रो छु भन्ने लाग्दथ्यो । उनका साथीहरुले उनलाई प्लाष्टिक सर्जरी गर्न सुझाए र उनी अस्पताल गइन् ।

अस्पतालबाट फर्किदा भने उनको जीवन एक नराम्रो सपना जस्तै भयो । उनको नाक त उनले भने झैं आफ्नो ठाउँमा आयो तर उनका दुबै गोडा ठाउँमा थिएनन् ।

२५ बर्षे सेभिंक सेक्लिकको नाक सानो बनाउनको लागि टर्कीको राजधानी इस्तानबुलको निजी अस्पतालबाट नाक घटाउने श ल्यक्रि या गरियो । सेभिंकलाई थाहा थिएन कि यो श ल्यक्रि या उसको खुट्टा नहुनुको एक दिन कारण बन्छ ।

मिडिया रिपोर्टका अनुसार दुई घण्टा लामो श ल्यक्रि या पछि उनको अवस्था ठीक थियो, तब डाक्टरहरूले उनलाई घर पठाए । घर जाँदै, सेभिंक ज्वरो बढ्यो । यद्यपि अस्पतालले भन्यो कि उसको अवस्था ठीक छ । दिन प्रतिदिन अवस्था झन् झन् खराब हुँदै गयो ।

शल्यक्रिया पछि उनी खाना पनि नखाई बिरामी परिरहिन् । उसको खुट्टा कालो भएको थियो। अवस्था गम्भीर बनेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । पछि जीवन बचाउन, खुट्टा का टि ए को थियो ।

अस्पतालले उनले खाएको चिकेनबाट फुड पो इ ज न भएर उनको खुट्टामा समस्या आएको बताएको छ । अदालतले यस सम्बन्धमा विज्ञ प्रतिवेदन खोजेको छ । २०२१ अप्रिलमा विज्ञको प्रतिवेदन पछि अदालतले यसबारे निर्णय लिने छ ।

यो पनि , बिएन्डबी अस्पतालले बाल सघन उपचार कक्ष सुभारम्भ गर्‍यो

काठमाडौं । बिएन्डबी अस्पताल ललितपुरले बाल सघन उपचार कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । बिएन्डबी अस्पतालमा सुविधा सम्पन्न बाल सघन उचार कक्षको अस्पतालका निर्देशकद्धय प्रा.डा. जगदिशलाल वैद्य र प्रा.डा.अशोककुमार बाँस्कोटाले फागुन १४ गते अर्थात शुक्रबार उद्घाटन गरेका हुन् ।

अस्पतालले आफ्नो सेवा विस्तार गर्ने कार्यक्रम अन्र्तगत बाल सघन उपचार कक्ष सञ्चालनमा ल्याएको हो । शुक्रबारबाट बिएन्डबी अस्पतालले सुविधा सम्पन्न १० बेडको एन आइसियु सञ्चालन ल्याएको छ ।

बिएन्डबी अस्पतालले अब बालबालिका सम्बन्धी सम्पूर्ण रोगको उपचार उदेश्यले बाल सघन उपचार कक्ष सञ्चालनमा ल्याएको हो । यस बाल उपचार कक्षले बाल मृत्यु दरलाई रोक्न अहम भूमिका खेल्ने अस्पतालले जनाएको छ ।

बिएन्डबी अस्पतालमा जन्मेका केही बच्चालाई अन्य अस्पतालमा लगेर उपचार गर्नुपर्ने बाध्यता अबदेखि हटेको अस्पतालका निर्देशक प्रा.डा. जगदिशलाल वैद्यले बताए । सुत्केरी यस अस्पतालमा भएपनि कुनै महिलाले महिना नपुग्दै बच्चा जन्माउँदा बच्चा बिरामी भएको खण्डमा अन्य अस्पतालमा लगेर महिनैसम्म उपचार गराउनुपर्ने बाध्यता हटेको समेत उनले सुनाए ।

अब आमासँगै बच्चाहरूलाई पनि विशेषज्ञ टोलीले सेवा दिन सक्ने उनको भनाइ छ । बिएन्डबी अस्पतालले अन्य रोगका बिरामीलाई झैँ बाल रोगीलाई पनि गुणस्तरीय सेवा उपलब्ध गराउने निर्देशक प्रा.डा.अशोककुमार बाँस्कोटाले बताए ।

कोरोना महामारी कालमा बिएन्डबी अस्पतालले सर्वसाधरणलाई स्वास्थ्य सेवा सहजमा उपलब्ध गराएको उनले सुनाए । महामारी कालमा अस्पताललाई आर्थिक रुपमा कठिनाइ आएपनि स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खाइपाई आएको तलब समयमै उपलब्ध उनको भनाइ थियो ।

अस्पतालले सर्वसाधारणका लागि स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवा दिँदै आएकाले आगामी दिनमा पनि सघन बाल उपचार कक्षबाट थप स्तरिय र प्रभावकारी सेवा दिने उनको जिकिर थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *