ए सि’ड आ क्र म’णमा परेकी मुस्कान खातुनलाई अन्तराष्ट्रिय साहसी महिला अवार्ड

अन्तरास्ट्रिय

ते जा ब ह म लामा परेकी मुस्कान खातुनले यो वर्ष अमेरिकी सरकारले दिने एउटा प्रतिष्ठित पुरस्कार पाउँदा आफूलाई थप जिम्मेवारी महसुस भएको र अबका दिनमा यो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताएकी छन्। अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्ड पाउने खातुन अहिलेसम्मकै कान्छीमध्ये एक र नेपालबाट पहिलो महिला हुन्।”यो पुरस्कार मैले पाएँ भनेर मैले आज बिहानै दूतावासबाट फोन आएपछि थाहा पाएँ, एकदमै खुसी लागेको छ र यो क्षेत्रमा अझ धेरै संघर्ष गर्नेछु,” खातुनले बीबीसी न्यूज नेपालीसँग भनिन्।

खातुनलाई उक्त पुरस्कार मार्च ८ तारिखका दिन भर्चुअल कार्यक्रममार्फत् अमेरिकी प्रथम महिलाले प्रदान गर्नेछिन्।यसअघि यो पुरस्कार पाकिस्तानमा बालिका शिक्षाका लागि वकालत गर्दै आएकी नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसाफजाइले पनि पाइसकेकी छन्। खातुनले मलालाले पनि यो पुरस्कार पहिला पाएकी थिइन् भन्ने कुराले आफूलाई थप खुसी तुल्याएको बताइन्।

“मलालाले पाइसकेको पुरस्कार मैले पनि पाएँ भनेर मलाई खुसी लाग्यो। मैले जस्तै अन्य महिलाले पी डा भो ग्नु नपरोस् भनेर अझ धेरै काम गर्छु।”सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम-प्रस्ताव अ स्वी कार गरेकोमा ते जा ब ह म लाको सिकार भएकी खातुन दुईपटक गरेर करिब सात महिना अस्पतालमा उपचाररत थिइन्।

अनुहार र श रीरमा चो ट लागेकी उनले आफू पीडित भएयता ए सि ड आ क्रमण गर्नेलाई क डा का रबा ही हुनुपर्ने विषयमा आवाज उठाउँदै आएकी थिइन्। यसअघि बीबीसीसँग अन्तर्वार्ता दिँदै उनले भनेकी थिइन्, “मैले जस्तो कसैले भोग्नु नपरोस्। ए सिडले पो ले को दागले मेरो सपना छेक्न सक्दैन।” सरकारले केही महिनाअघि त्यस्तो अ प राध गर्नेलाई क डा स जाय हुनेगरी कानुनमा परिवर्तन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *