ज्योती मगर माथि हेर्नुहोस धमलाको हमला(भिडियो सहित)

मनोरञ्जन

काठमाडौं, ७ भदौ । चर्चित गायिका ज्योति मगरले आफू ग्ल्यामर पेशामा भएकोले राम्री हुनको लागि मेकअप गर्ने गरेको सुनाईन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

गायिका मगरले जान्न म त बुवा तिम्रो ज्वाँईको घर, लाग्छ मलाई दुम्सी काँडे जुँगाको डर बोलको गीत गाएलगत्तै पत्रकार धमलाले तपाई बुढो पोईको खोजीमा हुनुहुन्छ हो ? भनेर प्रश्न सोध्दा उनले भनिन्, हँहँहँ, तपाईँजस्तै । उनले कोमल वली, दिपाश्री निरौलाहरुको अगाडि आफू बच्चै भएको भन्दै बुढी नभएको पनि जवाफ फर्काएकी थिईन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


याे पनि पढ्नुहाेस्।

अनितालाइ भेट्न यति धेरै पैसा लिएर पुगे आलिफ खान; अनिताले बोलिन आज बुझिनेगरि ( भिडियो सहित )

०७२ सालमा अनिता र विनोद वैवाहिक सम्बन्धमा गाँसिएका थिए । घर गुल्मी भए पनि विनोद अनितासँगै भैरहवामा बस्न थाले । बिहेको दुई वर्षपछि छोरी आहनाको आगमनले उनीहरुको जिन्दगीमा खुशी थपिदिएको थियो ।

जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गडबड हुन थाल्यो। बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योजनामा पानी पोखियो।

जेठ २९ गते । सदाजस्तै विनोद खड्का काममा व्यस्त थिए । बेलुका ५ बज्नै लाग्दा पत्नी अनिताले खप्नै नसक्नेगरी टाउको दुखेको भन्दै विनोदलाई फोन गरिन् । अनिताको आत्तिएको आवाज सुन्नासाथ विनोद हतारहतार कामबाट घर फर्के ।

घर फर्कंदा अनिता छटपटाइरहेकी थिइन् । विनोदले भैरहवाको युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा पुर्‍याए । चिकित्सकले ब्रेन ह्यामरेज भएको बताए । तत्कालै अनिताको सोही अस्पतालमा अप्रेसन गरियो । अप्रेसनपछि अनितालाई ४ महिना अस्पतालमै राख्नुपर्ने भयो । ४ महिना राखियो पनि तर त्यसपछि पनि अनितालाई पूर्णरुपमा निको भएन ।

लामो समय भ्यान्टिलेटरमा राख्दा श्वासप्रश्वास नलीमा समस्या देखियो । अनिता दुब्लाउँदै जान थालिन् । असामान्य रुपमा तौल घट्दै ४५ किलोकी अनिताको तौज २५ किलोमा झर्‍यो ।

४ महिनाको अस्पताल बसाइमा विनोदले आफूले जीवनभर कमाएको १८ लाख खर्च गरिसकेका थिए । तरपनि अनितालाई सञ्चो हुन कुनै लक्षण देखिएन । त्यत्रो खर्च गर्दा पनि युनिभर्सल मेडिकल कलेजले उपचार सम्भव नहुने बताएपछि उनीहरुलाई अर्को आपत आइलाग्यो ।

आफन्त र चिनजानका मानिसले पनि निरासा जगाइदिने काममात्रै गरे । ‘अनितालाई अब निको हुँदैन, थप प्रयास नगर’ भन्नेहरु धेरै थिए । अनिताको अवस्था झन् बिग्रँदै गयो । उनी अचेतजस्तै बनिन् ।

अन्ततः विनोदले पनि आफन्तको सल्लाहअनुसार अनितालाई बचाउन सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे ।

अनिताको दुखाइ बढ्दै गयो । निको नभएपनि बाँचुञ्जेल पीडा नहोस् भनेर विनोदले काठमाडौं ल्याए । अनिता झन् झन् कमजोर बन्दै गइरहेकी थिइन्, हातखुट्टा चल्न छोडेका थिए ।

अनितालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो । अस्पतालको उपचारले अनिताको स्वास्थ्यमा सुधार आउने केही आशा जगाइदिएको थियो । केही समयको उपचारपपछि अनितालाई थेरापीको आवश्यकता पर्‍यो । उनीहरु काठमाडौं नेचुरोपेथी अस्पताल वसुन्धारा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *