पारस र हिमानीका छोरीहरु देखिए यस्तो पहिरनमा, कपडाबारे टिप्पणी गर्नेलाई दिइन् पूर्णिकाले यस्तो जवाफ

मनोरञ्जन

पुर्व युवराज पारस र पुर्व युवराज्ञी हिमानी शाहकी जेठी छोरी पुर्णिका शाह र कान्छि छोरी कृतिका शाह आजकाल सामाजिक सञ्जालमा निकैनै सक्रिय छन् । उनीहरु सामाजिक सञ्जालमा बिशेष अवसरमा शुभकामना दिने, फरक स्टेटसहरु समय समयमा पोष्ट गर्ने गरिरहन्छन् ।

उनीहरु अरुले जस्तै रमाइरहेको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गर्ने गर्छन् । आमा हिमानी शाह जस्तै शालिन, भद्र र अनुशासित छोरीहरु सामाजिक संजालमा फोटो सार्वजनिक गर्दा पहिरनमा ख्याल गर्छन् ।

तर, कृतिकाको एक तस्बिरमा भने पहिरनमाथि प्रश्न उठेपछि दिदि पुर्णिकाले बचाऊ गरेकि छिन् । इन्स्टाग्रामको एक तस्बिरमा कृतिकाको पहिरनमा प्रश्न उठेपछि बहिनिले जस्तो कपडा लगाएपनि के समस्या भन्दै पुर्णिकाले बचाऊ गरेकि छिन् ।

कृतिकाको एक तस्बिरमा ‘हजुर जस्तो महान व्यक्तिलाई यस्तो पहिरन अनुशरण गर्न सोभा दिदैन सरकार । आगामी दिनहरुमा यस्तो माथि नहोस् भने विन्ति टक्राउँछौँ । सरकारको जय होस् ।’ भन्दै एकजनाले प्रतिक्रिया जनाएपछि पुर्णिकाले ‘तिमि को हौँ, महिलाको पहिरनमा प्रश्न गर्ने? महिलाले कुन लुगा लगाउने र नलगाउने भन्ने को हौँ’ भन्दै प्रतिक्रिया दिएकि छिन् ।

पुर्णिकाको उक्त प्रतिक्रियामा सहमति जनाउदैँ धेरैले प्रशंसा समेत गरेका छन् । अक्सर पुर्वराजपरिवारले पहिरनमा ख्याल गर्ने गरेका छन् । तर, विरोधिहरुले भने अनावश्यक प्रश्न गर्ने गरेका छन् ।

पूर्वयुवराज्ञी हिमानी शाह आफ्नो दुई छोरी पुर्णिका र कृतिकासँग सामाजिक सञ्जाल टिकटकमा रमाइरहेको भिडियो कुनै समय भाइरल भइरहेको थियो ।

छोरी पुर्णिका र कृतिका शाहको टिकटक एकाउन्ट मा राखिएको भिडियो धेरै भए पछी पूर्व युवराज पारस शाहले पनि सामाजिक संजाल मा लब साइन सहित उक्त टिकटक भिडियो आफ्नो प्रोफाइलमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *