प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटायो

राजनीति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ ।

बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय गरेको हो ।

‘संसदीय दलको नेता, उपनेता, सचेतकलाई हटाउने निर्णय भएको छ’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

बैठक पेरिसडाँडामा जारी छ । बैठकमा नेताहरुले धारणा राख्नेक्रम चलिरहेको छ ।

नेकपा संसदीय दलको नेता प्रधनमन्त्री ओली हुन् भने उपनेता सुवासचन्द्र नेम्वाङ हुन् ।

फागुन १४ मा प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ ।

एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपा विवाद थप चचर्किदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *