काठमाडौंमा क्याम्पसमा पढ्ने छात्रालाई जिपले ठक्कर दिंदा घटनास्थलमै मृत्यु

समाचार

आज बिहान कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा अञ्जु दाहाललाई सवारी साधनले ठक्कर दिएर मा रेको भन्दै क्याम्पस चिफको नेतृत्वमा विद्यार्थीहरुले चक्रपथको ग्वार्को–सातदोबाटो खण्ड बन्द गरेर प्रदर्शन गरेका छन् ।

आज बिहान पाँच बजे क्याम्पस जाने क्रममा दाहाललाई सवारी साधनले ठक्कर दिएपछि घटनास्थलमै निधन भएको विद्यार्थीहरुको आरोप छ । ठक्कर दिएपछि जिपले उनलाई ‘ब्याक’ गरेर मा रेको विद्यार्थीले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको ह’ ‘त्या भएको भन्दै जिप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीले सिन्धुपाल्चोक घर भई उक्त क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत २३ वर्षीया विद्यार्थीलाई ठक्कर दिने चालकलाई कारबाही र उचित क्षतिपूर्तीको माग गरी सडक अवरुद्ध गरेका हुन् । प्रदर्शनमा क्याम्पस प्रमुख गोविन्द कार्की समेत सहभागी छन् ।

जिप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए । ललितपुर प्रहरीका अनुसार बुधबार बिहान १० बजेदेखि जावलाखेलमा सवारी आवागमन अवरुद्ध भएको छ । खुलाउन विद्यार्थीसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोलमा डेरामा बस्ने गरेकी अञ्जु दाहाल कोटेश्वरको मल्टिपल क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *