यी २५ बर्षीय युवतीको अनौठो प्रस्ताब , ६३ हजार लैजाउ गर्भवती बनाउ…

रोचक

हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौंठा घ’टनाहरु भइरहेका हुन्छन् । हामीले केही घ टनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको अचम्मका चाहना हुन्छ । रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् ।

उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आकर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् ।बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्, ‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु । ५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो ।ती मोडलले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा बताएकी हुन् । यो समाचार केही पुरानो हो अहिले उनले फेसबुकबाट उक्त पोष्ट भने हटाइसकेकी छिन् ।

यो पनि : जय नेपाल फिल्म हल बन्द
काठमाडौँ । राजधानीको मुटु मानिने दरबारमार्ग नजिक रहेको युवापुस्ता माझ लोकप्रिय जय नेपाल फिल्म हल अहिले बन्द भएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको यो हल बन्द भएको हो । क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले आफुले हल अब सञ्चालन नगर्ने भएकाले अहिलेलाई बन्द भएको बताए । ‘विगत २, ३ वर्षदेखि जय नेपाल हामीले घाटामा चलाउँदै आएका थियौ’ उद्दिनले भने, ‘कोभिड महामारी पछि हललाई अगाडि बढाउन झन् गाहे भएकोले हामीले नचलाउने गरेर छोडेका हौ ।’

एक राणा थरका व्यक्तिसँग भाडामा लिएर आफुले फिल्महरु चलाउँदै आएको जानकारी दिएका उघिनले थपे, ‘हामीले भाडामा चलाउँदै आएको हल अब नचलाउने भनेर फिर्ता दिएका छौ । अब चल्छ, चल्दैन भन्न सकिन्न् ।’ उद्दिनले आफुले भने उक्त हल अब नचलाउने स्पष्ट पारे ।जय नेपाल फिल्म हलमात्र होइन कुमारी हल पनि अहिले बन्द रहेको छ । कुमारी हल भने अहिले मर्मतका लागि बन्द गरिएको हो । क्वेस्ट इन्टरटेनमेन्टले फिल्म चल्ने माहोल हेरेर कुमारी छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिएको छ । कोरोना महामारीका कारण मुलुकका अन्य धेरै हल समेत अहिले बन्द हुने अवस्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *