महानायक राजेश हमालले भुईँमा बसेर लिए कृष्णप्रसाद, भाइरल बन्यो तस्बिर

मनोरञ्जन

काठमाडौं – महानायक राजेश हमाल एउटा सफल अभिनेताका रुपमा मात्र नभई सरल, बौद्धिक र आध्यात्मिक व्यक्तित्वका रुपमा समेत परिचित छन्।

उनी जहाँ जान्छन् त्यस्तै बनिदिन्छन्। त्यसैले त वयस्कदेखि तन्नेरीहरूको बीचमा लोकप्रिय छन् । मानिसहरूले उनको यही सरल स्वभाव मन पराउँछन्।

महानायक हमाल शनिबार पत्नी मधु भट्टराईसँगै बुढानीलकण्ठ पुगे। शिवपुरीको फेदमा रहेको अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ मन्दिरमा भगवान कृष्णको दर्शनको लागि पुगेका थिए।

त्यहाँ उनले केही समय बिताए। इस्कोन भक्तहरूसँग हरेकृष्ण महामन्त्रमा रमाए। भगवान कृष्ण र श्रीमद भागवत गीताबारे सुने। दिउसो इस्कोन मन्दिरमै उनले भुईँमा बसेर भक्तजनसँग प्रसाद ग्रहण गरे।

उनले भुईँमा बसेर प्रसाद लिँदै गरेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनको छ। धेरैले उनको सरलताको प्रशंसा गरिरहेका छन्।

इस्कोन नेपालको मुख्यालय समेत रहेको बुढानिलकण्ठमा हरेक हप्ताको शनिवार भजन, कीर्तन लगायतका कार्यक्रम हुँदै आएको छ।

याे पनि पढ्नुहाेस्।।

पवित्र रिस्तामा पुर्बी देशमुखको भुमिका निवार्ह गरेर काम कमाएकी आशा नेगी भारतीय टेलिभिजनकी चर्चित नायिका हुन् । उनलाई आज पनि धेरैले पुर्बी भनेर चिन्ने गर्दछन् ।

उनी २०१३ देखि सँगै काम गर्ने को एक्टर रितिक धानजानी सँग प्रेम सम्बन्धमा छिन् । उनीहरु अवार्ड समारोह देखि लिएर विकइन्डमा समेत सँगै देखिन्छन् । उनीहरु टेलिभिजनको सबैभन्दा बेस्ट कपल मध्यका एक हुन् ।

अब उनी बलिउडमा डेब्यु गर्ने तयारीमा छिन्। तर अहिले उनीहरुको ब्रेक-अपको हल्ला चलिरहेको छ । भारतिय मिडियाले आशाले वेवसिरिजमा दिएको ‘बोल्डसिन’ले ७ वर्ष देखि प्रेम सम्बन्ध टुटेको दाबि गरेका छन् । भारतीय अनलाईन पिंकभिल्लाले उनलाई सो विषयमा प्रश्न सोधेको थियो । उनले मुस्कुराउँदै भनिन्, “मानिस र सम्बन्ध आफ्नो ठाउँमा छ तर म उस्लाई माया नगरी बस्न सक्दिन।”

“मैले मेरो सम्बन्धलाई धेरै नै पव्लिक गरे अब म मेरो सम्बन्धलाई पर्सनल बनाउन चाहन्छु ।” उनकाे याे उत्तरलाई डिपलाेमेटिक भन्दै उनीहरुले सम्बन्ध अन्त्य गरेकाे भारतीय मिडियाहरुले दाबी गरेका छन् । उनले डिजिटल माध्यमबाट आउने वारिसमा काम गरेर निकै चर्चा कमाइरहेकी छिन् । अब उनी बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *