दुखद : रुदैरुदै यी बालकले भने मलाई बुवाले जिउदै टुहुरो बनाए ,मलाई ईन्द्रेणि लगिदिनु (भिडियो हेर्नुस्)

समाचार

१२ बर्षका अफसन केसि म्याक्दिबाट आमाको पछि लागेर सन्तोष देउजालाई भेट्न भन्दै चितवन आएका थिए ।गित गाउन निकै रुचाउने यी बाबुको कथा भने अर्कै छ ।चितवनसम्म आउन आमा बुवासग गाडिभाडा थीएन् ।सदरमुकाम बेनि आउदा गाडि भाडा ३५० दिनसमेत पैसा भएन् ।आमा छोरा झन्डै १० घन्टा हिडेर बेनि आइपुगे ।बेनिमा आफन्तको घर छ त्यहि एक रात बसे ।र उनै आफन्तले गाडि भाडा हालेर चितवसम्म पुग्ने व्यवस्था गरिदिए ।यसरी दुख कष्ट ऋण धन गरेर चितवनसम्म देउजालाई भेट्न आउनुको कारण भने अर्कै रहेछ । अफसनकि आमा रिताले बुवा आमाको राजि खुसिमा म्याक्दि राउ भगवतीका भिम केशिसग बिवाह गरेकि रहिछिन् ।

खिम र रिताका एक छोरा र एक छोरी जन्मिए ।बिवाह भएको केही समयपछि नै खिमले रितालाई या`तना दिन सुरु गरे ।ऋण धन गरेर भएपनि रिताले खिमलाइ कतार पठाइन् ।सगै कतार गएका साथिहरुले सहरमा घर बनाए व्यापार गर्न थाले उता खिम भने कतारमै रोमलिए ।
घर परिवारबाट अलग हुँदै गए ।बालबच्चा र परिवारको वास्ता गर्न छाडे ।छुट्टिमा नेपाल आएपनि घर गएनन् ।बिगत केही समय यता खिम पारिवारिक सम्पर्कबाट पुरै बिस्तापितनै भए।तर पनि रिताले दुई सन्तानको मुख हेरेर ज्याला मजदुरि गरेर खिमको घर समालेकि छिन् ।रिता यिनै कुराको बह पोख्न र श्रिमानको खोजि गर्न भन्दै देउजासम्म पुगेकि रहिछन् ।

उता छोरो भने आफुलाई बुवाले जिउदै टु`हुरो बनाएको र आफू गायनमा सौकिन भएको र इन्द्रेणी लगिदिन भन्दै देउजासग बिन्ति बिसाउदै गर्दा ती नाबालकको आखाबाट आँसु अडिएनन् । थप हेर्नुस् भिडियो सामाग्री ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *