डिजेलको ट्यांकर दुर्घटनामा परेपछि भाँडोमा तेल थाप्न लाग्यो भीड.. (भिडियो)

समाचार

काठमाडौं । रोल्पामा दुर्घटनाग्रस्त डिजेल बोकेको एक ट्यांकरको तेल थाप्न मानिसहरुको ताँती लागेको एउटा भिडियो आहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उक्त घटना माघ १५ गते रोल्पा सदुमुकाम नजिकै भएको भएपनि दुर्घटनाको भिडियो भने अहिले भाइरल भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ।

रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्तिमा ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेर दुर्घटनामा परेको थियो।

सो दुर्घटनामा परी चालक हरबजन सिंहको ज्यान गएको थियो भने सहचालक १९ वषिर्य सुनिल शंकर सामान्य घाइते भएका थिए।

भइरल भिडियोमा मानिसहरु हतार-हतार डिजेल भरिरहेका देखिन्छन्। त्यसरी दुर्घटना लगत्तै डिजेल भर्नु अत्यन्तै जोखिमपूर्ण हुने अधिकारीहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *