पुर्वराजा ज्ञानेन्द्र र कोमलको डान्स (भिडियो सहित)

रोचक

झापाको होटल मेची क्राउनमा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पुर्वराजा ज्ञानेन्द्र शाह र कोमलको नृत्य अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको जनाइएको छ । यसअघि पारसबाहेक राजपरिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्राउनमा पुगेका थिए ।

हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ । गत बुधबारदेखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ । पूर्व राजा शाह दम्पती भने केही महिना अघिदेखि नै झापामा रहँदै आएका थिए ।

शुक्रबारको जन्मोत्सव शुभकामना दिन केही राजावादी तथा राजसंस्था पक्षधरका स्थानीय नेताहरू पनि पुगेको जनाइएको छ । यसअघि ७१औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना सन्देशमा पूर्वराजाले निशेष र विभेदको राजनीति शुरु भएको आरोप लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनस्र्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

जन्मदिनको जमघटमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, उनकी पत्नी हिमानी शाहलगायत सहभागी थिए । पूर्वयुवराज पारस पूर्वरानी कोमलको जन्मदिन मनाउन बिहीबारमात्र झापा पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र र उनी पत्नी कोमल केही समययता झापामै बसिरहेका छन् ।

पुर्वराजाको जनता मोह

नेपालका पुर्व राजपरिवार नाइट क्लबमा देखिरहन्छन् । पुर्व राजा ज्ञानेन्द्र शाह सपरिवार क्लबमा पुगेर रमाइलो गर्छन् । सार्वजनिक ठाउँहरुमा खासै नदेखिने पुर्वराजालाई क्लबमा देखेर राजाको नारा लगाउने जमात ठूलै छ । कहिले त्रिसरा त कहिले लिक्विड लन्जमा आइरहन्छन्

। उनीहरुको तस्बिर जब समाजिक संजालमा अपलोड हुन्छ, त्यो भाइरल नै भइदिन्छ । गएराति पुर्वराज परिवार काठमाडौँको लर्ड अफ ड्रिंक्स क्लबमा देखिए । पुर्व राजाको नाममा अधिकांश युवाहरु समर्थन गर्दै ‘राजा आऊ, देश बचाउ’, ‘मेरो प्यारो राजा’ लगायतका नारा लगाईरहेका थिए ।

यत्तिकैमा पुर्व राजाले गीतको तालमा नाचे । युवाको जमात झनै वाइल्ड हुदैँ थियो । त्यसपछि, हिमानीले ‘रातो र चन्द्र सूर्य’ बोलको गितमा हात उठाई उठाई नाचेपछि युवाहरुले ‘राजा आउ, देश बचाऊ’ को नारा नलगाई बस्नै सक्नेन । पुर्वराजपरिवारको शालिन विशेषताले जनतालाई झन् नजिक पुर्योइरहेको अवस्था छ । पुर्व युवराज पारश शाह निरन्तर विवादमा आइरहदा पनि राजपरिवार नाइट क्लबमा बसेर आफ्ना जनतासँग रमाइरहेका छन् ।

शाहको बच्चा स्वभावले राजपरिवारको इज्जतमा दाग लगाउन खोजेपनि राजपरिवारको हैसियत क्लबहरुमा देखिन्छ । जब युवाको जमातसँग पुर्व राजपरिवार नजिकिन्छ त्यहाँ माहोल फरक देखिन्छ । जे होस्, पारशको धमिलो छवि भएपनि पुर्वराजा र राजपरिवारले जनतासँग देखाएको व्यवहारले भने पक्कै पनि पुर्व राजपरिवारलाई शक्तिशालि बनाइरहेको छ ।

पुर्वराजा नाच्दा हल्लिने गणतन्त्र

केहि समअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘राजा ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो?’ भनी प्रश्न गरेका थिए ।
उनले सो प्रश्न नेकपाको अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रश्न सोधेका हुन् ।

पुर्व राजा ज्ञानेन्द्र राजधानीको लाजिम्पाटस्थित एक रेष्टुरेन्टमा पारिवारिक जमघटमा नाचेका थिए । उनी नाचेको भन्दै प्रचण्डले त्यसको विरोध गरेका थिए । ‘राजा व्यक्तिगत एवं पारिवारिक जीवनसँग सम्बन्धित समारोहमा नाचेको घटनालाई लिएर शीर्ष तहको नेताबाट जुन ढंगले अभिव्यक्ति आएको छ यो कमजोर र हतास मानसिकताको उपज हो ।

गणतन्त्रको जग कमजोर रहेको यसबाट पुष्टि हुन्छु, कैलालीको धनगढीमा प्रदेश नं.७ का पार्टीका प्रदेशस्तरीय कार्यक्रर्तालाई प्रशिक्षण दिने क्रममा थापाले बताएका थिए । थापाले सो सम्बोधनमा गणतन्त्रको जग कमजोर रहेको यसबाट पुष्टि हुने बताए ।

उनले प्रचण्डले राजाको स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप समेत लगाए । उनले भने, ‘कसैको व्यक्तिगत नीजि जीवनमाथी टिप्पणी गर्नु एउटा वरिष्ठ नेतालाई सुहाउने कुरा होइन ।’ प्रचण्डको अभिव्यक्ति हतास मनस्थितिको उपज भएको थापाको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *