गायिका अन्जु पन्तले विवाह गर्ने भएकी छिन्, तोकिन् बिहेको मिति Anju Panta

मनोरञ्जन

गायिका अन्जु पन्तले विवाह गर्ने भएकी छिन् । गायक तथा संगीतकार मनोजराजसंग १ दशकभन्दा अगाडि सम्बन्धविच्छेद गरेकी गायिका पन्तले थीर कोइरालासंग विवाह गर्ने भएकी हुन् । कोइराला इलामका हुन् ।

 

बिहेको कुराकानी दुवै परिवारमा भइसकेको भए पनि मिति तय भइनसकेको कोइरालाले बताएका छन् । आफूहरु १ वर्षदेखि प्रेमसम्बन्धमा रहेको भएपनि बाहिर आएको हल्ला जस्तो नभएको कोइरालाले स्पष्ट पारेका छन् ।

 

बिहेको कुराकानी भइरहेको तर तत्काल भव्य बिहे तरिकाले बिहे गर्ने, लुगा नै सिउन दिएको भन्ने हल्लाहरु गलत भएको कोइरालाको भनाई छ । बिहेको कुनै योजना नभएको र अर्को वर्षसम्म बिहे गर्ने योजना भए पनि बजारमा आएका फरक–फरक हल्लाहरुले आफूहरुलाई दवाव दिएको कोइरालाले बताए

 

अन्जुको आवाजमा समावेश भएको गीतमा थीरले शब्द समेत कोरेका छन् । अन्जुको थीरसंग अन्तरवार्ताका क्रममा भेट भएको थियो । सोही भेटपछि उनीहरु नजिकिएका थिए । अन्जु तथा थीर दुवै जना क्रिस्चियन धर्ममा आस्था राख्छन् ।

 

मिडिया अन्तरवार्ताका क्रममा अन्जुकी छोरी परितोशिका पन्तले समेत आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । छोरीको दवावले गर्दा पनि बिहेको दवाव परिरहेको अन्जुले समेत बताएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *