हिमानीको यी तस्बिर जो भाइरल बन्यो (भिडियो सहित)

समाचार

पुर्वयुवराज्ञी हिमानी शाह विवाद मा आउदिनन् । उनको पहिरनको शैलि शालिन छ र बोलीमा मिठास छ । तर, पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले केहिवर्ष अघि पूर्वयुवराज्ञी हिमानी शाहको ऐतिहासिक तस्बिर कैद गर्यो । दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गरेर अ ब रो ध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए । मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिदा मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्यो । तस्बिरमा हिमानीले नाइटो छे डे को पनि कैद भयो । सारीमा रहेकी हिमानीको उक्त तस्बिरको ठूलो चर्चा हुँदाहुँदै पनि कतिपयले यसलाई ‘नीजी इच्छा’ भनेर प्रतिक्रिया दिए । राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको चर्चापरिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह रि सा ए का थिए । त्यसपछि हिमानीले पि य र्सि ङ हटाइएको चर्चा पनि भयो । यस विषयमा उनले कुनै प्रतिक्रिया जनाइनन् । खासगरी राजपरिवारमा वि वा दी त विषयमा मिडियामा बोल्ने चलन नरहेका कारणले पनि हिमानीको प्रतिक्रिया नआएको हो ।

यतिका वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन् । जबकी, सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बा क्लि यो । सायद, हटाएको हुनुपर्छ । भीआइपीका पि र्यसि ङ देखिँदा आम जनमानसमा फरक धारणा पैदा हुन्छ । भीआइपी सरल, स्वभाविक र विचरण गर्ने क्षमताका हुन्छन् भन्ने धारणा परिवर्तन यस्ता दृश्यहरूले गर्छन् । नाइटोको पि र्यसि ङ साधारण भइसकेको छ । नेपालकै कतिपय सेलिब्रीटिका नाइटोका पि र्यसि ङलाई साधारण रूपमा लिन थालिएको छ । तर, नेपाली हिरोइनहरूमा बढेको स्त न मा ट्या टु खोपाएर भा इर ल बनाउने विषयको भने चर्चा हुन थालेको छ । कतिपयले त ढाडमा, तिघ्रामा, हातमा पनि ट्याटु खोपाएका छन् । हिमानी पारससँग निकट नदेखिए पनि ससुरा र परिवारसँग घनिष्ठ सम्बन्ध कायम राखेकी छिन् । त्यसैले त कहिले छोराछोरीलाई र्डोयाएर राहत बाँड्न पुग्छिन्, कहिले त्रिसरालगायतका रेस्टुराँमा पारिवारिक जमघटमा रमाइरहेकी हुन्छिन् । हिमानी जहाँ–जहाँ पुग्छिन्, त्यहाँ सर्वसाधारण झु म्मिन्छन् । मिडियाले पनि उनलाई पच्छ्याइरहेकै हुन्छ । यद्यपि हिमानीले मिडियामा खुलेर कुराकानी गरेकी छैनन् । आफ्नो निजी जीवन वा श्रीमान् पारससँगको सम्बन्धलाई सकेसम्म गोप्य नै राख्ने गरेकी छिन् ।

जतिबेला नेपाली समाजसँग ‘पूर्वराज–घराना’को दूरी बढ्दै थियो, त्यही समय पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुग्दै थिइन् । एकातिर राजसंस्थाको अवशान, अर्कातिर श्रीमान् पारस शाहसँगको बिग्रँदो सम्बन्ध । यस्तो विषमताका बीच पनि हिमानी सन्तुलित, सौम्य र सौहाद्र्ध देखिइन्, जसले उनको छवी आकर्षक बनाइदियो । ससुरा ज्ञानेन्द्रले राजगद्दी त्यागेको दुई वर्ष नपुग्दै २०६७ सालमा ‘हिमानी कोष’ स्थापना गरेर उनी सर्वसाधारणसँग घुलमिल हुन थालिन् । कहिले दोलखाको विद्यालयमा पुस्तक–कपी बोकेर पुगिन्, कहिले सुर्खेत–कैलालीका बाढीपीडितको सहयोगमा खटिइन् । पूर्वराजपरिवारप्रति समाज त्यति उदार नभइसकेको अवस्थामा पनि हिमानीले भने सबैको मन जित्दै गइन् । तामाकोसी नदीको पुलमा तार–जाली लगाइदिन पुगेकी हिमानीलाई माओवादीले रोकेपछि तामाकोसी बजारवासी प्रतिकारमा उत्रिएर साथ दिनु त्यसैको नतिजा थियो ।

पूर्वयुवराज्ञी हिमानी राज–घरानाकी यस्ता पात्र हुन्न् जसको छुट्टै ग्ल्यामर छ । तीन सन्तान हुर्काइसकेकी हिमानी ४३ वर्षको उमेरमा पनि उत्तिकै जवान अनि रुप वती देखिन्छिन् । मन्द मुस्कानका साथ सधैंजसो साडीमा ठाँटिएर हिँड्ने उनी कहिले पारिवारिक जमघटमा त कहिले मठ–मन्दिरमा देखा पर्छिन् । हिमानी जहाँ–जहाँ पुग्छिन्, त्यहाँ सर्वसाधारण झुम्मिन्छन् । मिडियाले पनि उनलाई पच्छ्याइरहेकै हुन्छ । यद्यपि हिमानीले मिडियामा खुलेर कुराकानी गरेकी छैनन् । आफ्नो निजी जीवन वा श्रीमान् पारससँगको सम्बन्धलाई सकेसम्म गोप्य नै राख्ने गरेकी छिन् । व्यक्तिगत जीवन कसरी बितिरहेको छ, परिवारसँगको सम्बन्ध कस्तो छ, आफ्ना रुचि र चाहना के हुन्, के मन पर्छ, के मन पर्दैन भन्ने जस्ता निजी कुरालाई अहिलेसम्म उनले खुलस्त गरेकी छैनन् । एक अन्तर्वार्तामा चाहिँ उनले घोडा चढ्ने, संगीत सुन्ने र किताब पढ्ने आफ्नो सोख रहेको बताएकी छिन् ।

पारससँग निकट नदेखिए पनि ससुरा र परिवारसँग घनि ष्ठ सम्बन्ध कायम राखेकी छिन् । त्यसैले त कहिले छोराछोरीलाई र्डोयाएर राहत बाँड्न पुग्छिन्न् कहिले त्रिसरालगायतका रेस्टुराँमा पारिवारिक जमघटमा रमाइरहेकी हुन्छिन । धर्मकर्ममा हिमानीको बढी नै लगाव देखिन्छ । कुनै पनि विशेष तिथी–पर्वमा उनी मठ–मन्दिर पुगिरहेकी हुन्छिन् । पूजाआजाकै लागि पशुपतिनाथदेखि गोरखा, स्याङ्जा, तनहुँ, पोखरासम्मको मठ–मन्दिर धाउने गरेकी छिन् । पुराण, भजन कीर्तनजस्ता धार्मिक अनुष्ठानमा छोराछोरीसहित सहभागी हुन्छिन् ।

चाहे साउने सोमबारका दिन पशुपतिको दर्शन गर्न हिँड्दा होस् वा कुलपूजाका लागि गोरखा, स्याङ्जालगायतका मठमन्दिर धाउँदा होस्, हिमानीले छोरीहरू पूर्णिका, कीर्तिका र छोरा ह्दयेन्द्रलाई साथमा लाने गर्छिन् । हिमानी शाहको नाममा खुलेको एक फेसबुक पेजमा लेखिने स्टाटसले पनि बेलाबखत उनको चर्चा हुने गर्छ । १ लाख ७३ हजार लाइक भएको उक्त फेसबुक पेजमा नारीको गुणगान, सामाजिक मूल्य, जीवन दर्शनबारे केही न केही लेखिएको हुन्छ । जस्तो कि एक ठाउँ लेखिएको छ, ‘जाऊ, आ र्यघा टमा गई नियालेर हेर, रुँ दै न न् कहिले जल्नेहरू, रुन्छन् त केवल जलाउनेहरू ।’ यस्तै अर्का स्टासस लेखिएको छ, ‘नारीको जिन्दगी महान्को जल नदीको पानी हो, यदि तपाईंले फो हो र मिलाउनुभयो भने नालाको पानी भएर जान्छ । सुगन्ध मिसाउनुभयो भने पवित्र गंगाजल बन्छ ।’

आफ्नै नाममा एक कल्याणकारी कोष स्थापना गरेर हिमानी आपत्–विपत्मा परेकाहरूमाझ पुग्ने गरेकी छिन् । ‘हिमानी कोष’ स्थापनालगत्तै उनको पहिलो रोजाइमा र्पयो दोलखाको नाम्दु गाउँ । त्यहाँ शिक्षा, खानेपानी र सिंचाइको काममा उनले हात हालिन् । यसरी दोलखाको नाम्दुबाट सुरु भएको उनको समाजसेवा देशव्यापी बन्दै गएको छ । हिमानीले आफ्नै ट्रस्टमार्फत गोरखाको पालुङटारमा भवानी माध्यमिक विद्यालयको भवना निर्माण गरिन् । उक्त विद्यालयको भवन भूकम्पले ध्व स्त बनाएको थियो । सुनसरीको ग्रामीण क्षेत्रको एक स्वास्थ्यचौकीलाई एम्बुलेन्स दिइन् । पछिल्लो समय हिमानी कोषअन्तर्गत एक पत्रकार सम्मेलन गर्दै हिमानीले ‘दै वी उद्धार कोष’ खडा गरेकी छिन् । उक्त कोषमा ससुरा एवं पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’को बिक्रीबाट प्राप्त रकम जम्मा गरिने बताइएको थियो ।

हिमानी शाहले नाइटोमा पि य र सि ङ गरेको तस्बिर बाहिरिएसँगै उनीमाथि अनेकन् टी का टि प्प णी भयो । दोलखाको नाम्दु गाउँमा सामाजिक कार्य गर्न पुगेकी उनको तस्बिर सार्वजनिक भएको थियो, जसमा उनको नाइटोमा पि य र सि ङ गरिएको स्पष्ट देखिन्थ्यो । त्यसपछि विभिन्न मिडियामा हिमानी गसि प की पात्र बनेकी थिइन् । त्यस विषयमा हिमानीले कुनै प्रतिक्रिया नदिए पनि पछिल्ला समयमा भने उनको नाइटोको पि य र सिङ हटाइएको छ । भर्खरै मात्र ससुरा ज्ञानेन्द्रसँगै राजधानीको एक रात्रि क्लबमा पुगेपछि हिमानीका बारेमा चर्चा–परिचर्चा भयो । क्लबमा उनी उ मं गित भावमा नाच्दै गरेको भिडियो बाहिरिएको थियो । यस्तै हिमानी कोषमाथि पनि बेलाबखत प्रश्न उठाउने गरिएको छ । कोषमार्फत उनले राजनीतिक सक्रियता बढाएको आ रो प लाग्ने गरेको छ । हिमानी कोषको काममा विभिन्न ठाउँमा पुग्दा उनी राजनीतिक भेटघाटमा पनि व्यस्त रहने गर्छिन् । केही वर्षअघि हिमानी कोषको नाममा भएको ठ गी का ण्ड पनि मिडियामा आएको थियो । कोषमा जागिर लगाइदिने भन्दै १ सय ५४ जना सर्वसाधारणलाई ठ गी गरेपछि उक्त घटना प्रहरीसम्म पुगेको थियो । यद्यपि हिमानीले भने आफ्नो नाममा खुलेको कोष निस्स्वार्थ भावले सेवा गर्नका लागि हो भनेर स्पष्ट पार्दै आएकी छिन् । एक अन्तर्वार्तामा उनले कोषको आर्थिक व्यवस्थापनबारे सोधिएको प्रश्नमा भनेकी छिन्, ‘हामी आफ्नै परिवारका सदस्यबाट उठाएको रकमले कोष सञ्चालन गर्छौँ । साथै देश–विदेशमा रहेका शुभेच्छुकबाट पनि सहयोग प्राप्त भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *