समाज जोडेर भागीरथीकी आमाले भनिन्, दिनेश एक्लैले यो गर्न सक्दैन मलाई न्याय दिलाइदिनु पर्यो (भिडियो सहित)

समाचार

काठमाडौ । बैतडीकी भागरथी घटनामा सफलता मिलेको भन्दै प्रहरीले खुसी मनाइरहँदा भागरथीको आमाले भने घटनामा दिनेशको संलग्नता भएको कुरा आफुलाई विश्वास नलागेको बताएकी छन् ।

 

उनले घटनामा कि उनी मात्र एक्लो हुन नसक्ने वा अरु नै संलग्न भएको हुनसक्ने आशंका गरेकी छन् ।

 

प्रहरीले बुधबार भागरथी भट्टको ह ‘त्या मा संलग्‍न भएको भन्दै १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको छ ।

 

उनले घटनामा संलग्नता स्वीकार समेत गरेको प्रहरीको भनाइ छ ।

तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ परेका दिनेशले घटना गराए भन्ने कुरामा आफु विश्वस्त हुन नसकेको बताएकी छन् ।

 

नेपाली कांग्रेसका नेता एनपी साउदसहितको टोलीसँगको भेटमा उनले यस्तो भनेकी हुन् ।

 

लेखाजोखा अनलाईनले सार्वजनिक गरेको भिडियो क्लिपमा आमा द्रोपदीलेअभियुक्त दाबी गरिएका किशोरलाई देखाएर प्रहरीले ह ‘त्या रा लुकाउने प्रयास गरेको अभिव्यक्ति दिएकी छन् ।

 

“घटना भएको दिन उ ९दिनेश० चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो ।

आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ ।

 

उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ ९किशोर० कान्छो हो ।

उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी घटना गरायो रु भागरथीकी आमा द्रोपतीले भनेकी छन्

 

प्रहरीले सदरमुकाममा पत्रकार सम्मेलन गरेर दिेनेशलाई सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेता साउदसहितका कांग्रेस नेताहरु भागरथीको घर दोगडाकेदारको चडेपानी पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *