गुडिरहेको कारमा मेकअप गर्दै थिइन् युवती, एक्कासी आँखामा छिर्यो आइब्रो पेन्सिल (भिडियोसहित)

समाचार

थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दा भयानक दुर्घटनामा परिन् । मेकअप गरिरहेका बेला उनको आँखामा आइब्रो पेन्सिल छिर्न पुग्यो ।

अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी महिला आफ्नो साथीको घर जानका लागि एउटा ट्याक्सीमा सवार थिइन् । तर बाटोमा अत्यधिक ट्राफिक जामका कारण ट्याक्सी बिस्तारै गुडिरहेको थियो ।

ट्राफिक जाममा टाइम पास गर्नका लागि महिला मेकअप गर्न थालिन् । यसैबीच ट्याक्सी पिकअपसँग ठोक्कियो जसका कारण महिला अगाडि हुत्तिइन् जसका कारण उनका हातमा भएको आइब्रो पेन्सिल उनको बायाँ आँखाभित्र छिर्यो । उनलाई तुरुन्त अस्पताल पुर्‍याइयो ।

डाक्टरका अनुसार सौभाग्यवश, उक्त आइब्रो पेन्सिलले उनको आँखाको संवेदनशील अंगलाई खराब नगरेका कारण उनी केही दिनमा नै ठिक भइन् ।

डाक्टरले पेन्सिलको आधा भाग नै आँखाभित्र छिरेका कारण आँखाबाट रगत बगेको र नाकबाट पनि थोरै रगत निस्किएको जानकारी दिए । यो घटना केहि समय पहिलाको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *