अन्जु पन्तको प्रेम दिवस प्रेममय,आफ्नो प्रेम र बिबाह बारे पहिलो पटक बोलीन्

मनोरञ्जन

गायिका अन्जु पन्तले बिहे गर्न लागेकी छन् । उनले इलामका थिर कोइरालासँग दोस्रो बिहे गर्न लागेकी हुन् । अन्जुकाे पहिलो विवाह गायक एवम् संगीतकार मनोजराजसँग भएकाे थियाे । मनोजसँग अन्जुको डिर्भोर्स भइसकेको छ भने अन्जु र थिरको विवाहको हल्ला चले पनि विवाहकाे मिति भने टुंगो लागेको छैन।

अन्जुकी छोरी परितोषिकाले पनि अब आमाले विवाह गर्नुपर्ने बताउँदै आएकी थिइन् भने अन्जुले विवाहका लागि छोरीले दबाब दिन थालेको र त्यसबारे सोचिरहेको बताउने गरेकी थिइन् । एक दशकपछि अन्जुले थिरसँग आफ्नो प्रेम रहेको खुलाएकी हुन् । उनीहरू विवाहको तयारीमा जुटेको बताइएको छ। तर तत्काल विवाहको कुनै योजना नभएको बताउँदै विवाहको हल्ला चल्दा दबाब महसुस भएकाे प्रतिक्रिया दिएका छन् ।

अन्जु पन्तले अर्को बिबाह गरेको हेर्न चाहनाले उनैकी छोरी पनि थिइन् उनिलाइ मामुको जिवनसाथी हुन पर्छ भनेर पहिला नै धेरै इन्टर्भ्युमा भनेकी थिइन्। चान्दा नामको गित रिलिजको पत्रकार सम्मेलनको क्रममा अन्जु पन्तले आफ्नो प्रेमी थिर जि को लागि भन्दै “तिमी रोएको पल तिमिलाई हसाउन नसकुला …” गित समेत गाएकी छिन्।

यतिखेर दुवैको परिवारमा विवाहलाई लिएर कुराकानी भैइरहेको छ । अन्जु र थिर एक सांगीतिक कार्यक्रममै भेट भएका थिए । अन्जुका एकाध गीतमा थिरले शब्दहरू पनि लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *