मैले तपाईहरुलाई धेरै सताएँ यो मेरो अन्तिम हो भन्ने भिडियो बनाएर १८ वर्षकी चर्चित टिकटक स्टारले गरिन् देहत्याग

अन्तरास्ट्रिय

एजेन्सी । मैले तपाईहरुलाई धेरै सताएँ, अब यो अन्तिम भिडियो हो भन्ने भिडियो बनाएर एक टिकटक स्टारले देह त्याग गरेकी छन् । अमेरिकी टिक(टक स्टार डेजरिया शफरले इन्स्टाग्राममा अन्तिम भिडियो पोस्ट गरेर देह त्याग गरेकी हुन् । उनले इन्स्टाग्राम स्टोरीहरूमा भिडियो पोस्ट गरे र लेखिन् की, ुमलाई थाहा छ, म तपाईंहरू सबैलाई डिस्टर्ब गरिरहेको छु र यो मेरो अन्तिम पोस्ट हो।ु

उनको टिकटकमा उनले १० लाख बढी फलोअर छन् भने युट्यूब र इन्स्टाग्राममा १ लाख फलोअर्स छन् । डिजरियाले सोमबार भनिन् कि उनलाई जानकारी नदिई उनको टिक(टक बन्द गरिएको थियो ।

डेजरियाका अभिभावकहरूले फेसबुकमा एक पोस्ट साझा गरेर उनको देह त्यागको बारेमा जानकारी दिएका छन् । उनका बुबा यूसुफले भने कि उनी मेरो असल साथी हुन् । उनले मलाई आफ्नो समस्या बताएको भए आज यस्तो अवस्था आउने थिएन । हामी केही गर्न सक्थ्यौ । अब म घर फर्कदा मेरी छोरी पर्खिरहेकी हुदिनन् । म मेरी छोरीलाई प्रेम गर्ने र समर्थन गर्ने सबैलाई धन्यवाद दिन्छु।

देजरियाकी आमाले भनिन्, ुम एकदम निराश छु। म साँच्चिकै विश्वास गर्न सक्दिन कि मँ यो सुनेको कुरा साँचो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *