माझी बस्ती बिवादको बारेमा श्वेता खड्काले ले मुख खोलिन् । ठगेको भए, जुत्ताको माला लगाउनुस (भिडियो हेर्नुस)

समाचार

नायिका श्वेता खड्काले आफ्नो पहलमा सिन्धुपाल्चोकको झ्याँडीमा निर्माण भइरहेको एकिकृत वस्तीको बारेमा आएका समाचारहरु सत्य नभएको भन्दै त्यसको खण्डन गरेकी छिन् । आज सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले माझी बस्तीका केही ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचनाहरु सम्प्रेषित भइरहेको भन्दै ती समाचारहरु सत्य नभएको बताएकी हुन्। उनले ती समाचारहरुको यथार्थ के हो भन्ने बारेमा सबै सामु स्पष्ट पार्न चाहन्छु भन्दै जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन, भनेकी छिन् ।

मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रियाहरु पनि देखेको छु । तर जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु । खड्काले भनेकी छिन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *