ठूलो दुर्घटनाबाट मालिकलाई बचाएको सुगाबारे एबीसीदेखि बीबीसीसम्म चर्चा

रोचक

काठमाडौँ- घरमा पालिएका पंक्षीले मानिसको ज्यान बचाउँछ भन्दा पत्याउनु हुन्छ ॽ पंक्षीले मानिसको ज्यान कसरी बचाउँला र !

अपत्यारिलो तर सत्य एउटा सुगाले आफ्नो मालिकको ज्यान बचाएको घटना यतिबेला सार्वजनिक भइरहेको छ ।

अष्टे«लियाको क्विन्सल्याण्डमा घरमा पालिएको सुगाले आफ्नो मालिकको ज्यान बचाएको छ । क्विन्सल्याण्ड राज्यको कंगारू इलाकाको सैल्स्टोन स्ट्रीटका निवासी न्गूयेनले घरमा एक सुगा पालेका थिए । न्गुयेन र एरिक नामक सुगा बाहेक उनको घरमा अरु कोही थिएन । घरमा अचानक आगलागी भयो । जबकी त्यस समयमा न्गुयेन मस्त निन्द्रामा थिए ।

घरमा आगलागी भएपछि सुगाले आफ्नो मालिकलाई जगायो । न्गूयेन भन्छन्, ‘म निदाएको बेला आगलागी भएछ । तर मलाई एरिकले उठायो र म हतारमा बाहिरिए । करिब १ घण्टापछि मात्र आगो नियन्त्रणमा आयो । ठूलो खतराबाट मेरो सुगाले मलाई बचायो ।’

एरिकको यो बहादुरी अस्ट्रेलियाका कैयौं ठूला मिडियासम्म पुग्यो । एरिकका बिषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम एबीसी न्युजदेखि बीबीसीसम्म चर्चा चल्यो । यसरी घरमा पालिएको सुगाले ज्यान बचाएको खबरपछि धेरैले एरिकको प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *