नदीमा डुविरहेको देखेपछि बोटमा रहेका हवल्दारले नदीमा यसरी हामफालेर बचाए घिमिरेलाई

समाचार

बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र मन्दिर नजिक सप्तकोशी नदीमा बगेका ६० वर्षे भुवन घिमिरेको उद्धार गरिएको छ । नदीमा बगेमा उनलाई सशस्त्र प्रहरी सहायक हवल्दार डम्बर श्रेष्ठले जिवितै उद्धार गरेका हुन् । सो स्वास्थ्य शिविर संचालनको लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहायक हवल्दार श्रेष्ठले निज घिमिरेलाई नदीमा पौडिन नसकी डुविरहेको देखेपछि तत्कालै नदीमा हामफाली पौडिदै गएर घिमिरेलाई नदीबाट सकुशल बाहिर निकालेका थिए ।

सुनसरीको हरिनगर गाउँपालिका ६ मा यही माघ २९ र ३० गते सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट संचालन हुने स्वास्थ्य शिविरमा खटिई गएका श्रेष्ठले उनको उ द्धार गरेका हुन । उद्धार गरिएका घिमिरेलाई स्थानीय प्रहरीमा बुझाइएको बताइएको छ । शिविर संचालनको लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहायक हवल्दार श्रेष्ठले घिमिरेलाई नदीमा पौडिन नसकी डुविरहेको देखेपछि तत्कालै नदीमा हामफाली पौडिदै गएर घिमिरेलाई नदीबाट सकु शल बाहिर निकाल्न सफल भएका थिए ।

यो पनि : कच्चा पदार्थ नेपालमै बनाउन लागि परे उद्योगी

विराटनगर । कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट ल्याउनेभन्दा पनि स्वदेशमै उत्पादन गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका हुन् । पछिल्लो समय नेपालका सिमेन्ट उद्योगहरूले क्लिंकर आफै उत्पादन गर्न थालेपछि भारतबाट आयात गरिँदै आएको क्लिंकरको आयात न्यून भएको छ ।

नेपालका ६३ ओटा सिमेन्ट उद्योगमध्ये २१ ओटा सिमेन्ट उद्योगको आफ्नै खानी छ । यसबाट चुनढुंगा निकालेर फलामको धाउ मिसाएर क्लिंकर बनाउँदै आएका छन् । नेपालमा उत्पादित क्लिंकरले १ वर्षपछि यहाँँको आवश्यकता धान्न सक्ने अर्घाखाँची सिमेन्टका सञ्चालक तथा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारका बताउँछन् । उनी भन्छन्, ‘१ वर्षभित्रमा भारतबाट क्लिंकर मगाउन पर्दैन, नेपालकै उत्पादनले पुग्छ ।’

उनका अनुसर नेपालमा आवश्यकभन्दा बढी क्लिंकर उत्पादन भइरहेको छ । भारतलाई क्लिंकर र सिमेन्ट विक्री गर्न सक्नेगरी नेपालमै उत्पादन भइरहेको उनले बताए । सरकारले भारतलगायत दक्षिण एशियाका अन्य मुलुकमा सिमेन्ट निर्यात गर्न व्यवस्था मिलाउनुपर्ने मुरारकाले बताए । उनले नेपाली उत्पादन निर्यात गर्न भारतबाट आउने सिमेन्ट र क्लिंकरमा थप कर लगाउन माग गरे ।

उनका अनुसार नेपालका सिमेन्ट उद्योगहरूले खपतको डेढ गुणा बढी सिमेन्ट उत्पादन गरिरहेका छन् । प्रदेश १ को झापामा ७, मोरङमा ४, सुनसरीमा १, धनकुटामा १ र उदयपुरमा सरकारी स्वामित्वको एक सिमेन्ट उद्योग गरी १४ सिमेन्ट उद्योग सञ्चालनमा छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा वेदराज पौडेलले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *