शान्ता चौधरीले दिइन् प्रचण्ड र माधव नेपाललाई कडा चेतावनी, धेरै हर्कत नगर्नुहोस् नतिजा ठीक हुनेछैन

राजनीति

काठमाडौ । नेकपा केन्द्रीय कमिटी सदस्य एवं पूर्व सांसद शान्ता चौधरीले प्रचण्ड–माधव समूहलाई कडा भाषामा चेतावनी दिएकी छन् । उनीहरु कुर्सी र पदको लागेको भन्दै यस्तो चेतावनी दिएकी हुन् ।

उनले फेसबुकमा एक स्टाटस राख्दै प्रचण्ड र माधव नेपालप्रति यसरी खनिएकी हुन् । शान्ताले जनताले आन्दोलन गरिदिनु पर्ने कस्तो अचम्मको आब्हान होरु भन्दै प्रश्न गर्दै सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेखेकी छिन् ।

उनी लेख्छिन्, प्रतिगमन, प्रतिगमन भन्दै बिरोधमा सहभागी बनौ भनेर एकथरी हाम्रो आदरणीय नेता कमरेडहरुले जनतालाइ आब्हान गरेको सुन्दै छु ।

सारा संसारलाइ थाहा छ वाहाहरु पद ह ड प्न र पार्टी र सरकारमा आफ्नो प्रभुत्व जमाउन नपाएको कारण बिगत एक बर्ष देखि के के हर्कत गर्नु भयो भन्ने कुरा ।

तेही हर्कतका कारण हठात् रुपमा अविस्वासको प्रस्ताब लानु भयो, कपोलकल्पित आरोपपत्र प्रस्तुत गर्नु भयो, आस्थिरताका बीचमा आफ्नो भबिस्य देख्नु भयो ।

अहिले वहाँहरु को कुर्सी र पदको लागी जनताले आन्दोलन गरिदिनु पर्ने कस्तो अचम्मको आब्हान हो ? देशको स्वाधिनता र जनताको जीविकोपार्जन सम्बन्धि किन बोल्नु हुन्न ?

प्रधानमन्त्री चाहिएको हो भने खुरुखुरु चुनावमा जानुस, पार्टी अध्यक्ष चाहिएको हो भने महाधिबेशनमा जानुस, सडक प्रदर्सन गरेर जनता भ्रममा पर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *