प्रियंकालाई निर्देशकले भने ‘स्त’न ठूलो बनाउ’

मनोरञ्जन

मुम्बई । बलिउडका साथै हलिउडमा पनि आफ्नो स्थान बनाउने ग्लोबल आइकन प्रियंका चोपडाको एक चर्चित नायिका हुन् । प्रियंका चोपडाले जुन सफलता हात पारेकी छिन् त्यो हरेक युवतीका लागि प्रेरणादायी छ ।

प्रियंका चोपडाको जन्म जमशेदपुरमा १८ जुलाइमा भएको थियो । उनकी आमा मधु चोपडा र पिता अशोक चोपडा आर्मीमा डाक्टर थिए जसका कारण उनको विभिन्न स्थानमा ट्रान्सफर भइरहन्थ्यो । उनका पिता अब यो दुनियाँमा छैनन् ।

एक रिपोर्टलाई मान्ने हो भने प्रियंका आफू सुन्दर देखिन हरेक महिना लगभग एक लाख भारु खर्च गर्छिन् । उनी नियमित रुपमा फोम स्किन क्लिंजर, स्किन क्रिम र चाउरीबाट बच्नका लागि आइ कन्सनट्रेटको प्रयोग गर्छिन् । साथै उनको कपाल, नङलगायतमा निकै खर्च हुन्छ ।

हलिउडमा समेत प्रभाव पार्न सफल बलिउड नायिका प्रियंका चोपडा अहिले उनकै पुस्तक ‘अनफिनिस्ड’ को कारण चर्चामा छिन् । उक्त पुस्तकमा प्रियंकाका केही भोगाइहरु छन् ।

भारतीय पत्रिका इण्डिपेण्डेटका अनुसार प्लाष्टिक सर्जरीको प्रसंगमा उनको एउटा भनाई चर्चाको विषय बनेको छ । प्रियंकाका अनुसार सन २००० मा जब मिस वल्र्डको उपाधी हात पारिन् । एक निर्देशकसंग उनको चिनाजानी भयो । उनले भनेकी छिन् ‘कामकै शिलसिलामा ति निर्देशकसंग मेरो भेट भयो थोरै कुराकानी भएपछि उभिएर उनले मलाई घुमेर हेरे ।’

केही बेर घुमेर हेरेपछि ति निर्देशकले भने ‘यदि हिरोइन बन्न चाहन्छ्यौ भने स्त’न ठू’लो बनाउ त्यसका लागि सर्जरी गर ।’ निर्देशकको कुरा सुने पछि उनका मेनेजरले पनि ठिक हो भने । प्रियंका भन्छिन् ‘त्यसपछि मेनेजरको र मेरो बाटो फरक भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *