मुख्यमन्त्री शेरधनसंग विवाह भएपछि पहिलो पटक चामलको बोरा बोक्दै देखिइन् जाङ्मु इन, गरिन् यस्तो गुनासो (भिडियो हेर्नुस्)

समाचार

मुख्यमन्त्री शेरधनसंग विवाह भएपछि पहिलो पटक चामलको बोरा बोक्दै देखिइन् जाङ्मु इन, गरिन् यस्तो गुनासो (भिडियो हेर्नुस्

काठमाडौ । मुख्यमन्त्री शेरधन राईको विवाहको चर्चा अझै सेलाएको छैन । उनले जाङ्मु इन संग केही दिन अघि विवाह गरेका हुन् । मुख्यमन्त्री राई र जाङ्मु बीचको उमेरको फरक र विवाहको शैलीलाई लिएर निकै चर्चा भएको थियो । साथै शेरधनलाई केही वर्ष देखि श्रीमान दावी गर्दै आएकी बालिका खड्काले दिएको अभिब्यक्तिका कारण पनि उनको विवाह चर्चामा आयो ।

प्रदेश १ का मुख्यमन्त्री राईसंग विवाह गरेपछि जाङ्मु इन पहिलो पटक सार्वजनिक भएकी छन् । उनी एक पवित्र सेवा नेपालमा रहेका बालबालिकाहरुसंग जन्मदिन मनाएकी छन् । उनले संधैका वर्षहरुमा जस्तै यो वर्ष पनि यि बालबालिकाहरुसंग जन्मदिन मनाएकी हुन् । मिस मंगोल (२०१८) बनेपछि उनी आफु समाजसेवामा लागेको बताएकी छन् । त्यही बेला देखि नै यसरी जन्मदिन मनाउँदै आएको उनको भनाई छ ।

उनले अन्य धेरै सामाजिक कामहरु पनि गर्दै आएको बताएकी छन् । उनले समाजसेवाकै लागि एक संस्था पनि स्थापना गरेको बताएकी छन्। आफुलाई मुख्यमन्त्रीको श्रीमती भएकाले देखाउनका लागि सामाजिक सेवामा आएको हो भन्ने गलत धारणा नराखीदिन उनले आग्रह गरिन् । उनले भनिन्, मुख्यमन्त्रीको श्रीमती भएको भर्खरै हो, तर म मिस मंगोल भए देखि नै समाजसेवामा लागेकी छु ।

उनले आगामी दिनमा सामाजिक कामलाई जारी राख्ने बताएकी छन् । उनले आफ्नो कामको दायरा अझ बढाएर लैजाने पनि बताएकी छन् । जन्मदिन मनाउन आएकी जाङ्मु इनले तपाईको कति औं जन्मदिन हो भनेर प्रश्न गर्दा पनि आफ्नो उमेर बताइनन् । उनले भनिन्, उमेर जस्ट नम्बर हो त्यसैले नखुलाउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *