बलिउडका चर्चित ६ अभिनेत्रीः जसले अर्काकाे श्रीमान खाेसेर विहे गरे

मनोरञ्जन

बलिउडमा फिल्मी क्षेत्रमा हिरो हिरोइनको निजि जीवनबारे निकै चर्चा हुन्छ । बलिउड सधै जसो खबरमा अफ्येर्स, ब्रेकअपका विषयले रहने गरेको पाइन्छ ।

बलिवुडका केहि चर्चित अभिनेत्री जसले वैवाहिक पुरुषलाई नै आफ्नो जीवन साथीलाइ अभिनेत्री बनाए ।

बलीउडकी ड्रिम गर्ल हेमा मालिनीले नायक धर्मेन्द्रसंग विवाह भएकाे हाे । उनी धर्मेन्द्रको दाेस्राे श्रीमती हुन् । धर्मेन्द्रको पहिलो श्रीमतीको नाम प्रकाश कौर हो । हेमा र धर्मेन्द्र दुवैले इस्लाम धर्म कबुल गरेर सुटुक्क निकाह गरेका थिए ।

त्यसपछि उनीहरुले हिन्दु चलन अनुसार विवाह गरेका थिए । यसप्रकार हेमा धर्मेन्द्रकी दोश्रो श्रीमती बनेकी थिइन् । विवाह पश्चात् सन् १९८१ मा प्रकाश कौरले एक अन्तर्वार्तामा हेमाले राम्रो काम नगरेको बताएकी थिइन् ।

बलिवुडकी सुन्दर अभिनेत्री श्रीदेवीले विवाहित रहेका निर्माता बोनी कपूरसंग विवाह गरेकी थिइन् । ‘बलिवुडकी चाँदनी’ श्रीदेवीले चलचित्र निर्माता बोनी कपुरसंग विवाह गरेकी थिइन् । यस भन्दा पहिला बोनीले सन् १९८३ मा पहिलो विवाह गरेका थिए ।

बोनी कपुरको दोश्रो विवाह श्रीदेवीसंग भएको थियो । पहिलो श्रीमतीबाट बोनी कपुरको दुईजना सन्तान अर्जुन र अंशुला त्यस्तै श्रीदेवीका दुई छोरी छन् ।

रानी मुखर्जीले यश चोपडाक छोरा आदित्य चोपडासंग विहे गरिन् । आदित्य चोपडाको यो दोश्रो विवाह हो ।

रानीसँग अफ्येर्समा परेका आदित्यले पहिलो पत्नी पायल खन्नालाई डिभोर्स दिएका थिए । आदित्य र रानीको एउटा छोरी पनि छ जसको नाम अदिरा हो । अदिराको जन्म सन् २०१५ मा भएको थियो ।

बलिउडकी बेबो करिना कपुरले पनि आफ्नो जीवनसाथी पनि विवाहित अभिनेता सैफ अली खानलाई रोजिन् । सैफको पहिलो श्रीमती नायिका अमृता सिंह हुन् ।

अमृतासंग सम्बन्धविच्छेद पछि उनको करिनासंग अफ्येर्सपछि विवाह गरेका थिए । सैफ र करिनाको एउटा छोरा पनि छ जसको नाम तैमुर हो ।

बलिवुडकी अर्की चर्चित अभिनेत्री करिश्मा कपुरले सन् २००३ मा संजय कपुरसंग विवाह गरेकी थिइन् । संजय पहिला नै सम्बन्धविच्छेद गरेका थिए ।

अहिले करिश्मा र संजयको पनि सम्बन्धविच्छेद भइसकेको छ । अभिनेत्री रविना टण्डनले पनि पहिले देखि नै विवाहित अनिल थडानीसँग विवाह गरेकी थिइन् । अनिल थडानीको पहिलो श्रीमतीको नाम नताशा हो ।

यस सुचीमा विद्या बालनको नाम पनि समावेस छ । विद्या बालनले सिद्धार्थ रोय कपुरसंग सन् २०१२ मा विवाहबन्धनमा बाँधिएकी हुन् । सिद्धार्थले विद्यासंग विवाह गर्नु पहिला दुईवटा विवाह गरिसकेका थिए ।

बलिवुडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी पनि यस सुचीमा पर्छिन् । शिल्पाले राज कुन्द्रासंग विवाह गरेकी छिन् । राजले शिल्पाको लागी आफ्नो पहिलो श्रीमती कविता कुन्द्रालाई डिभोर्स दिएका थिए ।

राज र शिल्पाको एउटा छोरा र केहि दिन अघि मात्र सरोगेसीबाट एक छोरी जन्माएका छन् ।

मिस यूनिवर्स रहेकी अभिनेत्री लारा दत्ताले भारतीय टेनिस स्टार महेश भूपतिसंग विवाह गरेकी हुन् । महेशको पहिलो विवाह श्वेता जयशंकरसंग भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *