…त्यसपछि सरले नजिक आएर खो’लिदिनु भयो !

समाचार

बालबालिकामा हुने क’रणीका घटना केही दिन विराएर छा’पामा पढिने विषय हो । अहिलेको हाम्रो समाजमा यो चरम रुप हो । यसवाहेक अन्य धेरै प्रकारका दु’र्व्य’बहा’र हुन्छन्, जुन वास्तवमा चर्चामै आउदैनन् ।

लाग्छ– समाजले यी कुराहरुलाई प’चाइसकेको छ । क’रणीको समाचारमा बेलाबेलामा अ’परा’धी पक्राउ परेको त सुनिन्छ, तर पिडित बालबालिकालाई त्यो दुर्घटनाको असर के कस्तो प्रकारले पर्ला, फेरि त्यो उक्त अ’पराधी’लाईलाई भेट्दा उसमा कस्तो मा’नसि’क असर पर्ला, उसको व्यक्तित्व विकास र मा’नसिक संरचनामा कस्तो आ’घात पर्ला भन्नेबारेमा कम नै चर्चा हुन्छ । यसबारेमा हाम्रो समाजमा खुला वहश हुन जरुरी छ– कारण, हरेक ५ मध्ये १ बालिका र हरेक १० मध्ये १ बालकमा कुनै न कुनै यौ न दु’व्र्य’व’हा’र भएको विश्वभरिका तथ्याङ्कले देखाएका छन् ।

ज्ञान बाँड्ने पवित्र जिम्मेवारी बोकेका गुरुले स्कूलमै आफ्नै चेलीसँग अ’नुचि’त काम गर्न थाल्यो भने अभिभावकको हा’लत के होला ? यो कलियुगमा विश्वास भन्ने चिज अब कसलाई गर्ने होला ? यस्तै भएको छ केर्खाको सरकारी स्कुलमा।

छात्राहरुलाई शो’ष’ण गरेको भन्दै स्कुलका छात्राहरु मिडियामा आएका छन । केर्खाको सरकारी स्कुलमा पढाउने सालिकराम पोखरेल र अर्का शिवले छात्राहरुको अ’ङ्ग छु’ने छेउछेउमा जाने र लगाएको समेजको फि’ता खो’लि’दि’ने समेत छात्राहरुले बताएका छन ।

छात्राहरुले जाहेरी समेत दिएको बताए । केटाहरूको होमवर्क चेक गर्दा परैबाट हेर्ने अनि केटिहरुको चाहिँ छेउमै गएर सहन नसक्ने क्रियाकलाप गर्ने बताए । उनिहरुले भावुक हुँदै यस्तोसम्म सुनाए कि सुन्दा तपाइँको अचम्म पर्नुहुने छ । भिडियो तल हेर्नुहोस

यो पनि : गाउँलेले ब्युँताएको विद्यालय

गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी सङ्ख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै सङ्कटमा पर्यो ।

काठेखोला गाउँपालिका–७ रेशस्थित सो विद्यालय बन्द हुने स्थितिमा पुग्यो । अर्को विद्यालयमा गाभिनुपर्ने भयो । गाउँछिमेकको विद्यालय हट्ने कुराले स्थानीयवासीको मन कुँडियो । अघिल्लो पुस्ताको मेहनत र योगदान खेर जाने देखेर गाउँले निराश बने ।

दैलोको विद्यालय नचलेपछि पढ्न टाढा जान बाध्य बालबालिकाको पीडाले छोयो । अभिभावकको पनि मर्का बुझे । अझैपनि विद्यालय जोगाउन सकिन्छ की भनेर स्थानीयवासी लागिपरे । विद्यालय बचाउने जुक्ति निकाले । गाउँको सर्वपक्षीय भेला बस्यो ।

बन्दको मुखमा पुगेको विद्यालयलाई हरहालतमा जोगाउनेतिर भेलामा एकमत बन्यो । विद्यालयको दिगो व्यवस्थापन र पढाइको गुणस्तर सुधारमा स्थानीयवासी कस्सिए । जनप्रतिनिधिलगायत सामाजिक अगुवाले स्थानीयवासीको प्रयासमा आड र ढाडस दिए ।

एक वर्षको अन्तरालमा अहिले विद्यालयको मुहार बदलिएको छ । यसअघि कक्षा पाँचसम्म चलेको विद्यालयको स्तर घटाएर कक्षा तीनसम्म मात्र सञ्चालन गरिएपनि शून्यतिर ओरालो लागेको विद्यार्थी सङ्ख्या बढेर ४७ पुगेको छ ।

विद्यार्थीले अङ्ग्रेजी माध्यममा पढ्न पाएका छन् । “विद्यालय बन्दै हुन आँटेको थियो, विद्यार्थी नै नभएपछि नचाहेर पनि अन्य विद्यालयसँग एकीकरण गर्नै पथ्र्यो”, प्रधानाध्यापक भीमबहादुर थापाले भन्नुभयो, “समुदायको पहलमा विद्यालय जोगिएको छ ।”

अङ्ग्रेजी माध्यमसँगै विद्यालयले सिकाइमैत्री वातावरण दिएपछि पढ्न अन्यत्र गएका बालबालिका पनि सोही विद्यालयमा पुनः फर्केका छन् । अभिभावकको चाहना बुझेर विद्यालयको भौतिकसँगै शैक्षिक सुधारमा व्यवस्थापन समिति र शिक्षक खटिएका छन् ।

विद्यालयको आर्थिक सङ्कट टार्न अभियान चलाइएको छ भने शैक्षिक र व्यवस्थापकीय सुधारका लागि शिक्षा समिति, आर्थिक समितिलगायत क्रियाशील छन् । विद्यालयलाई आर्थिकरूपमा उकास्न अभियान थालिएको आर्थिक संयोजक थमबहादुर थापाले बताउनुभयो । विद्यालय सङ्कटमा फसेपछि स्थानीय साँघखोला–रातापहरा सामुदायिक वन उपभोक्ता समूहले यही वर्ष रु दुई लाख सहायता उपलब्ध गराएको थियो ।

“गाउँको विद्यालय समस्यामा परेपछि वनको बैठक राखेर तत्कालै रु दुई लाख दिने निर्णय गर्र्यौँ”, समूहका अध्यक्ष नारायणप्रसाद शर्माले भन्नुभयो । उहाँले व्यक्तिगत रूपमासमेत रु ५० हजारको अक्षयकोष विद्यालयमा राख्नुभएको छ । यस्तै वडाध्यक्ष प्रेम लामिछानेले पनि अक्षयकोषमा रु २५ हजार सहयोग गर्नुभएको छ ।

अहिले अक्षयकोषमा रु एक लाख २५ हजार जम्मा भएको छ । वडा र गाउँपालिकामार्फत विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक क्रियाकलापमा सघाइने वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

“स्थानीयवासी नकस्सिएका भए विद्यालय रहने थिएन, वडाकै अर्को परोपकार प्रावि पनि यसरी नै बन्द हुनबाट जोगिएको छ”, उहाँले भन्नुभयो । विद्यालयले विद्यार्थीलाई खाजा, पोशाक उपलब्ध गराउने गरेको छ । अभिभावकले आलोपालो गरेर विद्यालयमै आई खाजा आफैँ बनाएर विद्यार्थीलाई खुवाउँछन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुष्मराज उपाध्यायले विद्यालय सुधारमा समुदायको योगदान अपरिहार्य रहेको बताउनुभयो । उहाँले विद्यार्थी घटेपछि एकीकरणको अभियान चलिरहेका बेला विद्यालय जोगाउन समुदायले गरेको अगुवाइ प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *