सोच्नै नसकिने गरी फेरि एक्कासी घट्यो सुनको भाउ , तोलाको कति हेर्नुहोस

समाचार

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ।

छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोबार भएको छ।

छापावाला सुन आइतबार तोलामा ९० हजार ६०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ।

रु ९० हजार १५० मा आइतबार कारोबार भएको तेजाबी सुन आज रु ८९ हजार ९५०मूल्य निर्धारण भएको छ।

त्यस्तै, चाँदी तोलामा पाँच रूपैयाँ बढेको छ। एक हजार ३१० मा आइतबार कारोबार भएको चाँदी आज तोलामा एक हजार ३१५ मूल्य निर्धारण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *