दीपाश्री निरौलाको त्यसपछी कहिल्यै विवाहको साइत जुरेन (भिडियो सहित)

मनोरञ्जन

दीपाश्री निरौलाले रोजै सामना गर्नुपर्ने प्रश्न हो– विवाह कहिले गर्नुहुन्छ ? उनी प्रायः हाँसेर टारिदिन्छिन् । उनले पहिला पहिला विवाह गर्ने चाहना भए पनि तत्काल विवाहका बारेमा सोच नबनाएको उनले बताइन् ।

आफू क्यारियर तिर फोकस्ड भएकाले त्यसतर्फ ध्यान दिन नसकेको बताइन् तर, मुहारमा मुस्कान देखिने यो क्षण दिमागमा भने एउटा पुरुषको तस्बिर नाच्ने गर्छ,

जसलाई उनले ‘धोका’ दिएकी थिइन् । त्यो पनि विवाहकै दिन । यो अधुरो प्रेमकथा सुरु हुन्छ, विसं. २०४८ तिर । त्यतिबेला दीपा १० कक्षामा पढ्दै थिइन् ।

विराटनगरस्थित उनको घरअगाडि कलेज पढ्ने केटो भाडा लिएर बसेको थियो । पढाइमा नामी,आनीबानी पनि सरल । टेस्ट परीक्षा नजिक आउँदै थियो, दीपा उनीसँग पढ्न जान थालिन् ।

अरू साथीहरू पनि हुन्थे तर उनको ध्यान दीपातिर ज्यादा हुन्थ्यो । यसको हेक्का दीपालाई नभएको होइन तर थाहा नपाएझैं गरिन् ।

शंका लागेर हो वा कुन्नि, एक दिन आमाले किताब खानतलासी गरिछिन् । त्यहाँ त त्यही केटाले लेखेको प्रेमपत्र । दीपा मुस्कुराइन्, ‘मलाई थाहै थिएन तर आमाले पूरै बबन्डर मच्चाउनुभयो । आमा र फुपूको पिटाइ खाइयो ।’

उनी केटाले एकोहोरो मन पराएको विश्वास दिलाउन खोज्थिन् तर आमा मरिगए नपत्याउने । आमालाई डर रहेछ, छोरीले इसारा नदिई केटाले चिठी लेखेन,त्यसैले दिनरात गाली गरिरहिन्,कहिले रुँदै घुर्काउँथिन पनि । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *