करिश्मा मानन्धर ‘महानायिका’ घोषित

मनोरञ्जन

चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी नायिका करिश्मा महानायिका घोषित भएकी छन् । शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी महानायिका घोषित भएकी हुन् ।

महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् । महानायिका घोषित भएपछि कलाको सम्मान गर्दै आफूलाई महानायिका घोषित भएकोमा नायिका करिश्माले खुसी व्यक्त गरेकी छन्।

साथै उनले आयोजक टिमलाई पनि धन्यवाद दिएकी छन् । कार्यक्रममा महानायक राजेश हमाल, सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङ,वरिष्ठ चिकित्सक भोला रिजाल,चलचित्र निर्देशक तथा निर्माता नीर शाह,उज्यालो अभियन्ता कुलमान घिसिङ लगायतका व्यक्तिहरू उपस्थित भएका थिए ।

नेपाली चलचित्र क्षेत्रमा महानायक र महानायिकाको विवाद लामो समयदेखि चल्दै आइरहेको छ । केही व्यक्तिहरुले भने एउटा संस्थाले घोषणा गर्दैमा कलाकारहरु आम नेपालीहरुको महानायक/महानायिका नहुने तर्क गर्छन् । ती व्यक्तिहरुको तर्कलाई पनि वेवास्ता गर्न भने मिल्दैन ।

यो पनि पढ्नुहोस : जब गौतम बुद्धले भने : तिमी गरिब होइनौं, तिम्रो मनमा गरिबी छ

काठमाडौं- एक ब्यक्तिले ‘म कसरी गरीब भएँ ?’ भन्ने प्रश्नमा । भगवान गौतम बुद्धले दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ । हाम्रो गरीबी एकै छिनमा हटेर जानेछ ।

घरबार त्यागरे ज्ञानको खोजिमा निस्किएका बुद्धल भारतको बोधगयामा बुद्धत्व प्राप्त गरे । उनले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाले ।सोही क्रममा एक गरीबले बुद्धसँग आफू किन गरीब भएको भन्दै प्रश्न गरे ।

त्यसक्रममा बुद्धले भने, ‘तिमीले कहिले कसैलाई केही दिएका छेनौँ, त्यसैले तिमी गरीब भएका हौँ ।’प्रश्न सोध्ने गरिब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई दिने केही नभएको बरु सााझ बिहानको छाक टार्न गाह्रो भएको कुरा बुद्धलाई सुनायो ।

त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिए, ‘तिमीले आफ्नो अनुहारबाट कसैलाई पनि मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छ आवश्यक पर्दा सघाउन सक्छौ । तिमीसँग मुख छ मिठो बोल्न र कसैको प्रशंसा गर्न सक्छौँ । अनि तिमी कसरी गरीब भयौँ । गरीबी तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौँ तब तिम्रो गरीबी पनि आफै हटेर जानेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *