इन्डियन लाहुरे राहुल र स्मिताको प्रेम कथामा बन्यो यस्तो फिल्म , सबैका आखा रसाए….भिडियो हेर्नुस

समाचार

काठमाडौं– केहिदिन अगाडी देखि सामाजिक संच्जाल्मा निकै चर्चामा रहेको जोडी लाहुरे राहुल र स्मिताको प्रेम कथामा शर्ट मुभी सार्बजनिक भएको छ ।शर्ट मुभीमा राहुल र स्मिता पात्रले सत्य घटनालाई अभिव्यक्त गरेका छन ।पुनर्मिलन भएका दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको कथाको पहिलो भागमा उनीहरुको गरेको डिभोर्स सम्मको कथालाई देखाइको छ ।

२ महिना अघि श्रीमानको मृ त्यु अहिले छोरीको मृ’त्युले आमा उठ्नै सकिनन्

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको श’व फेला परेपछि पालिका नै शो’कमा डु’बेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक ज’ङ्गलमा मृ’त अवस्थामा श’व फेला परेको थियो ।

चडेपानीका केशब भट्टले अकल्पनीय घटना भएको बताउनुभयो । गाउँकी छोरीको ज्या’न ग’ए’पछि गाउँ नै शो’कम’ग्न भएको अर्का स्थानीय श’ङ्करद’त्त भट्टको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यालयबाट फर्किने बेला घटना भएको छ, यस घटनाले आफ्नो छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत मु’स्कील भएको छ ।”

मृतक किशोरीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गु’मा’उँदा मृतककी आमा द्रोपती भट्ट निकै पी’डा’मा रहनुभएको छ । श्रीमान् बि’तेको पी’डा’मै रहेका द्रोपतीलाई सन्तान गुमाउँदाको पी’डाले झ’नै थि’चे’को हो ।

भा’गरथी नराम्रो अ’वस्थामा फेला परेकीले क’र’णी ग’रि ज्या’न लि’एको आ’श’ङ्का आफन्तको छ ।मृतकको किशोरी भागरथीको श’व परीक्षण सम्पन्न भए पनि परीक्षणको रिपोर्ट एक दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिनुभयो ।

मृ’तक किशोरीको श’व भने न’बुझेको भागरथीका काका शिवराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अ’प’रा’धी पत्ता लागेको छैन, आज श’व परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ ।” किशोरीको क’रणी प’छि ज्या’न लि’एको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिडडुल गर्नेलाई सोधपुछ गरिहेको छ ।

घटना श’ङ्का’स्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार बिहीबार कुनकुन सवारी साधन सञ्चालन भएका थिए । ती सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खो’च’लेक प्रहरी चौकीका इञ्चार्ज मोती ब’मले बताउनुभयो । उहाँले भन्नुभयो, “किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ ।”

घटनालाई ग’म्भी’ररुपमा लिएकोले अनुसन्धानलाई पनि ती’व्र ब’नाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।

यस घटनाको अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो ।

यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकोले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *