‘कामी’ भनिन् भन्दै शुष्मा कार्कीलाई उत्सव रसाइलीले लगाएको आरोप गलत पुष्टी भएपछि (भिडियो हेर्नुहोस्)

समाचार

आफूलाई कामी भन्यो भनेर नायिका शुष्मा कार्की बिरुद्ध फेसबुकमा स्टाटस लेखेका युट्युवर उत्सव रसाइलीको आरोप गलत पुष्टी भएको छ । उनले उक्त आरोप गलत पुष्टी भएपछि माफी समेत मागेका छन् ।

उनले आफ्नो फेसबुकबाट उक्त स्टाटस अहिले हटाइसकेका छन् । रसाइलीले माफी मागेपछि नायिका कार्कीले पनि उनलाई माफी दिएकी छिन् र उनीहरुबिचको विवाद सकिएको छ ।

यसअघि आफ्नो अपमान भयो न्याय चाहियो भन्दै प्रहरी कार्यालयमा पुगेकी नायिका सुष्मा कार्कीले युट्युवर उत्सव रसाइली र नायीका स्वेता खड्काकी बहिनी आरती खड्काका विरुद्ध उजुरी दिएकी थिइन् ।

उनी आफ्ना अभिब्यक्तिका कारण पनि प्राय चर्चित रहन्छिन् । मंगलवार उत्सव र आरतीसंगको विवादका कारण फेरी एक पटक चर्चामा आएकी छन् ।

उत्सव र आरतीले आफुलाई नराम्रो ब्यवहार गरेको भन्दै उनी न्याय खोज्न प्रहरी कार्यालय पुगेकी थिइन् । नायिका सुष्मा कार्कीेमाथि काठमाण्डौको लण्डन पब क्याफेमा यस्तो घटना भएको थियो ।

नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले यस्तो गरेको आरोप कार्कीको थियो ।

सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा भएको उनको दावी थियो । शुष्मा प्रहरी कार्यालय पुगेपछि यता युट्युवर रसाइलीले पनि प्रतिकृया दिएका थिए ।रसाइलीले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै शुष्माले जातिय अपमान हुने शब्द प्रयोग गरेर आफुलाई गा ली गरेका कारण आरतीले एक झापड लगाएको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *