प्रचण्ड–माधव पक्षको आमहड्ताल : उपत्यकामा पक्राउ पर्नेको संख्या ७१ पुग्यो

समाचार

काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ ।बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरलेकलंकीबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको छ ।

बन्द गराउन सड्कमा निस्केर तोडफोडमा उत्रिएकालाई नियन्त्रणमा लिइएको एसपी राठौरले बताएका छन् ।

आमहड्ताल गराउन शान्तिबाटीकामा नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा ४० जनाको समूह निस्केको छ । सातदोबाटोमा देव गुरुङ र गोंगबुमा हिमाल शर्माको नेतृत्वमा प्रदर्शन गरिएको छ ।

यता, बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ । दुई अज्ञात व्यक्तिहरुले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई जानकारी दिए ।

गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन। बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *