राजधानीमा प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल र्‍याली (फोटो फिचर)

समाचार

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको समर्थनमा बुधबार राजधानीमा मोटरसाइकल र्‍याली भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले राजधानीमा मोटरसाइकल र्‍याली निकालेको हो । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्‍याली निकालिएको हो ।

यो समूहका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको तस्वीरसहित र्‍याली निस्किएको छ । बालकुमारी पुलबाट सुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिएको छ ।

तस्बिर : विकास कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *