लामो समयदेखी थीरको प्रेममा रहेर बिहे गर्ने तयारीमा रहेकी अन्जु भन्छिन् ‘अब मेरो जीबनको नयाँ अध्याय सुरु हुनेछ’

मनोरञ्जन

काठमाडौं-गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्ने भएकी छिन्। अन्जुका अनुसार दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको बताएकी छन् ।

दुवै जनाको अनुकुल समय मिलाएर बिहेको मिती तोकिने अन्जुले बताएकी छन् । आफ्नो बिहेपछि नयाँ अध्याय सुरु हुने समेत अन्जुले बताइन् ।

केही समय अघि छोरीले आफुलाई बिहेको दबाब दिएको बताउदै आएकी अन्जुर इलामकाथीर बिच लामो समय देखी प्रेम रहेको थियो ।

आजभन्दा ६ वर्षअघि थीर र अञ्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो।त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे।

अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो।पत्रपत्रिकामा लेखसमेत लेख्दै आएका थीरले गैरसरकारी संस्थामा सञ्चालन गर्दै आएका छन् ।

काठमाडौं अघि इटहरी बस्दै आएका थीर ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक हुन्।

लामो समयको प्रेम सम्बन्धपछि अन्जु र थीर केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *